आजका लागि विदेशी मुद्राको विनिमय दर

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १३, २०८०
|
|
३७ पटक हेरिएको
Shares
आजका लागि विदेशी मुद्राको विनिमय दर

सारांश

  • नेपाल राष्ट्र बैंकले आज (१३ वैशाख २०८०, बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
  • भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
  • भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज (१३ वैशाख २०८०, बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। बुधबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ।

युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ७३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ४६ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ४५ पैसा छ। क्यानिडियन डलर १ को खरिददर ९६ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ६१ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८० पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ९८ पैसा छ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ०२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ९५ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५४ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८२ पैसा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?