भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २०, २०७३
|
|
१९६ पटक हेरिएको
Shares
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’

सारांश

  • काठमाडौं ।
  • चलचित्र ‘डाइङ क्यान्डल’ नेपाली मौलिक कथामा निर्माण भएको निर्देशक नरेश केसीले बताएका छन् ।
  • “दिदी भाइको आत्मीय सम्बन्ध नै चलचित्रको मुख्य कथानक हो,” निर्देशक केसीले भने, “अहिले चलिरहेका चलचित्रभन्दा केही फरक तरिकाले कथा भन्ने प्रयास गरेको छु ।

काठमाडौं । चलचित्र ‘डाइङ क्यान्डल’ नेपाली मौलिक कथामा निर्माण भएको निर्देशक नरेश केसीले बताएका छन् । “दिदी भाइको आत्मीय सम्बन्ध नै चलचित्रको मुख्य कथानक हो,” निर्देशक केसीले भने, “अहिले चलिरहेका चलचित्रभन्दा केही फरक तरिकाले कथा भन्ने प्रयास गरेको छु ।”

भाइको हेरचाहमा दिदीले गर्ने योगदान फिल्मको ‘लगलाइन’ हो । सोसल ड्रामा जनराको यो चलचित्रले एक महिला पात्र भित्रको मूल्य र संवेदनालाई खोतल्ने प्रयत्न गरेको उनको भनाइ छ । मुख्य चरित्रमा महिला पात्र सिर्जना सुब्बा र लाक्पा सिङ्गे तामाङ छन् ।

सौगात मल्ल र अर्पण थापाले चलचित्रमा अभिनय गरेका छन् । उत्तम केसी, रविन आचार्य र केसी निर्मित चलचित्रमा डेल सम्नरको संगीत छ भने संदीप अधिकारीले सम्पादन गरेका छन् । चलचित्र माघ २८ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?