अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
४० पटक हेरिएको
Shares
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

अल्बानी मधेशी समाज न्युयाेर्कले छठ पर्वकाे अायाेजना गर्ने भएककाे छ । न्युयाेर्कमा उक्त समाजले मधेशी समुदायलाइ विश्वसामु चिनाउन उक्त समुदायले छठ पर्वकाे अायाेजना गर्न लागेकाे हाे ।

न्युयोर्क अमेरिका का मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दू मन्दिरको पोखरीमा छठकाे अायाेजना गर्न लागेका हुन् । ११ नोभेम्बरको नहाय खाय बाट शुरु हुने पर्व ४ दिन सम्म चल्ने र १३ नोवेम्बेरको साँझको अस्ताउदो सुर्यलाई र १४ नोभेम्बर बिहान उदाउदो सुर्यलाई अर्घ  दिएर सम्पन्न हुनेछ ।

न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट र रेड़े अइलैण्डका मधेशी समुदाय लगायत विश्वभारीका छठ पर्वमा आस्था राख्ने सम्पूर्ण दाजुभाई दिदीबहिनीको बाक्लो उपस्तिथी रहने अल्बानी मधेशी समाज, न्युयोर्क तथा छठ पर्वका संजोयक प्रशान्त(प्रिन्स) साहले जानकारी दिए । तीन दशक देखि अल्बानीमा बसोबास गर्दै आएका समाजसेवी साह विभिन्न कार्यक्रम मार्फत मधेशी सँस्कृतिलाई विश्वसामु चिनाउन अग्रसर मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?