सुधारोन्मुख मातृशिशु स्वास्थ्य

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सुधारोन्मुख मातृशिशु स्वास्थ्य

सारांश

  • अछाम, असोज १२ – मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको छ ।
  • विगतका वर्षमा बर्सेनी थुप्रो सङ्ख्यामा गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको अकालमै मृत्यु हुने गरेको भए पनि त्यसमा क्रमशः सुधार हुँदै आएको पाइएको छ ।
  • जिल्ला स्वास्थ्य कार्यालय अछामकाअनुसार चालु आवको अहिलेसम्म स्वास्थ्य संस्थामा आएकामध्ये एउटा पनि गर्भवती, सुत्केरी आमा तथा नवजात शिशुले ज्यान गुमाउनु परेको छैन ।

अछाम, असोज १२ – मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको छ । विगतका वर्षमा बर्सेनी थुप्रो सङ्ख्यामा गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको अकालमै मृत्यु हुने गरेको भए पनि त्यसमा क्रमशः सुधार हुँदै आएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामकाअनुसार चालु आवको अहिलेसम्म स्वास्थ्य संस्थामा आएकामध्ये एउटा पनि गर्भवती, सुत्केरी आमा तथा नवजात शिशुले ज्यान गुमाउनु परेको छैन । आव ०७२/७३ मा मात्र अछाममा १३ गर्भवती महिलाा तथा १३ जना नै नवजात शिशुले ज्यान गुमाउनु परेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय अछामसँग छ । ज्यान गुमाउने सबै नवजात शिशु २८ दिन भित्रका हुन् । ती सबैकोे मृत्यु उपचारका क्रममा स्वास्थ्य संस्थामा भएका छन् । ज्यान गुमाउने १३ गर्भवती महिलाको मृत्यु भने घरमै भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

नियमित गर्भ जाँच, स्वास्थ्य संस्थामा सुत्केरी गराउने, नियमित खोप र सरसफाइ लगायतका विषयमा महिलाहरुमा चेतना वृद्धि भएकाले मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी आएको छ, जिल्ला जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले भन्नुभयो – स्वास्थ्य सम्बन्धी महिलामा बढ्दो चेतना र तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने तथा सुत्केरी पछिको नियमित स्वास्थ्य परीक्षण गराउने दर भएको वृद्धिका कारण मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी आएको हो ।

सरकारले आमा तथा नवजात शिशुको ज्यान जोगाउने उद्देश्यले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरेका कारणले मातृ तथा नवजात शिशु मृत्युदर घटाउनमा ठूलो योगदान पुगेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख शरदचन्द्र बरालले भन्नुभयो -“स्वास्थ्य सम्बन्धी नियमित कार्यक्रमसँगै बहुक्षेत्रीय पोषण योजना र सुनौला हजार दिन सञ्चार अभियानलाई सरकारले विशेष प्राथमिकतामा राखेर सञ्चालन गरेका कारण मातृ तथा नवजात शिशु मृत्युदर घटाउनमा सहयोग ठूलो पुर्‍याएको छ ।”

सुनौला हजार दिनका आमाको चेतना स्तर वृद्धिसँगै पोषणयुक्त स्थानीय खानालाई प्रोत्साहन गर्न आमा समूहको बैठकमा जाउलो प्रदर्शनका साथै त्यस अवधिमा कुन कुन परिकार कसरी खाने भन्ने बारेमा समेत आमालाई जानकारी गराउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका पोषण कार्यक्रम संयोजक प्रभुनाथ देवकोटाले जानकारी दिनुभयो । यसले गर्दा आमा र बच्चाको पोषणमा सुधार ल्याउन निकै मद्दत पुगेको उहाँले बताउनुभयो । “गर्भवती तथा सुत्केरी अवस्थामा अरू समयको भन्दा झन् बढी पोषिला खानेकुरा खानुपर्ने रहेछ हामी त बिस्तारै बुझ्दैछौँ”, तुर्माखाद-४ की चन्द्रा विकले भन्नुभयो, “सासू ससुराले बच्चा बिरामी हुन्छ भनेर सुक्खा खाना खुवाउन लगाए त्यसैले हामी कमजोरी पनि भयौँ ।”

तुर्माखाद–४ की महिला स्वास्थ्य स्वयंसेविका अम्बिका बिसीले पहिलेको भन्दा अहिले गर्भवती र सुत्केरी आमाको स्वास्थ्यमा निकै सुधार भएको बताउनुभयो । आमा तथा बच्चाको पोषण अवस्थामा सुधार ल्याउन जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा, कृषि, पशु, महिला तथा बालबालिका र खानेपानी कार्यालयलगायतले सुनौला हजार दिन भित्रका महिलालाई लक्षित गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका कार्यालयले पोषणबारे सचेतना फैलाउने तथा कृषि, पशु, खानेपानी लगायतका कार्यालयले पोषिला खाद्य वस्तु वितरण गर्दै आएका छन् । सुनौला हजार दिनका महिलालाई कुखुरा, बाख्रापालन, तरकारी खेतीमा पनि सहयोग गरिँदै आएको छ । जसले गर्दा कुपोषणको दर घटाउन निकै मद्दत पुगेको जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताउनुभयो ।

सुनौला हजार दिनका आमा तथा बच्चालाई लक्षित सुनौला हजार दिन सञ्चार अभियानले पनि जिल्लाका विभिन्न १६ गाविसमा कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला कार्यक्रम संयोजक लोकबहादुर शाहीले जानकारी दिनुभयो । यसका साथै विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि सुनौला हजार दिनका आमा तथा बालबालिकालाई लक्षित गरी क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता
तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता
यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने
यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने
मतदातासँग आज प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा रहने
मतदातासँग आज प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा रहने
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै  ! कर्यक्रम संचालक बने यि कलाकार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार