प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त

सारांश

  • बिराटनगर १४,कार्तिक।
  • प्रदेश १ को बुधबार बसेको मन्त्रिपरिषद को  बैठकले प्रदेशको  योजना आयोग गठन गर्ने सहित १२ वटा निर्णय गरेको छ बैठकले प्रदेशको योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल लाई नियुक्ति गरेको छ ।
  • बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ।

बिराटनगर १४,कार्तिक। प्रदेश १ को बुधबार बसेको मन्त्रिपरिषद को  बैठकले प्रदेशको  योजना आयोग गठन गर्ने सहित १२ वटा निर्णय गरेको छ बैठकले प्रदेशको योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल लाई नियुक्ति गरेको छ ।

बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ।बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताउनुुभयो ।

बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ ।

(editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?