निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह
सारांश
- निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह गरेको छ ।
- आयोगका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म स्थायी ठेगानामा गएर नाम दर्ता गराउन सकिने छ ।
- प्रादेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह गरेको छ । आयोगका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म स्थायी ठेगानामा गएर नाम दर्ता गराउन सकिने छ ।
प्रादेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । नाम लेखाउन आफ्नै जिल्ला जानु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार नाम दर्ता गराउन नागरिकता र बसाई सरेको भए त्यसको पनि प्रमाण लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्छ । आयोगका अनुसार मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन पनि मिल्नेछ ।
प्रतिक्रिया