घट्यो सुनको मूल्य, कति छ तोलाको ?
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज सुनको मूल्य आज पनि घटेको छ ।
- बिहीबार तोलामै १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँले घटेको थियो भने आज पनि घटेको हो ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज पनि घटेको छ । बिहीबार तोलामै १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँले घटेको थियो भने आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँ रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया