चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह

सारांश

काठमाडौं । चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्ने बताएका छन् । निफको समापन समारोहमा उनले भने, “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।”

विदेशमा प्रसिद्ध चलचित्रकर्मीलाई निर्णायक मण्डलमा राखेर हाम्रो काम देखाउने गरेको भन्दै उनले भने, “उहाँहरूले प्रतिस्पर्धामा हाम्रो चलचित्रलाई अवार्ड दिनुभएको छ”, अध्यक्ष पाठकले भने, “यस्ता महोत्सवमा नेपाल सरकारले सहयोगको दायरा बढाएमा सातै प्रदेशमा कार्यक्रम गरेर मौलिकता र स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्न सकिन्छ ।

आफूहरुले विश्वबाट धेरै चलचित्रकर्मी ल्याएर आफ्नो कथा सुनाएर लगानी गर्ने वातावरणसमेत बनाउने कोसिस गरिरहेको भन्दै अध्यक्ष पाठकले यस्तो कार्यमा राज्यको साथ चाहिने बताए ।

उनले नेपालबाट बाहिरिने विमानमा नेपाली चलचित्र राख्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । यसो भएमा नेपाली चलचित्र निर्माता लाभान्वित हुनुका साथै पर्यटन प्रवरद्धनमा टेवा पुग्ने उनको भनाइ थियो । “हामीले देशमा आउँदा वा छोडेर जाँदा विदेशी चलचित्र हेर्छौँ । हाम्रै हेर्ने वातावरण भएमा यसले देशको पर्यटनमा टेवा पु¥याउँछ । अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ”, उनले भने ।

यही चैत २ देखि ६ गतेसम्म काठमाडौँ चलेको निफमा ३५ देशको ९५ प्रतियोगी चलचित्रले सहभागिता जनाएका थिए । पचासभन्दा बढी विदेशी चलचित्रकर्मी नेपाल आएको महोत्सव आयोजक समितिले जानकारी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोकिएन पहुँचवालालाई पैसा बाँड्ने काम
रोकिएन पहुँचवालालाई पैसा बाँड्ने काम
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
नेपाल पाकिस्तानसँग पराजित
नेपाल पाकिस्तानसँग पराजित
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
फागुन २ गतेको फलफूल तथा तरकारीको मूल्य सूची यस्तो छ
फागुन २ गतेको फलफूल तथा तरकारीको मूल्य सूची यस्तो छ
बलात्कारी नचिन्दा समस्या !
बलात्कारी नचिन्दा समस्या !
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
‘स्थानीय तहमा न्यायिक समिति अवैध’

तपाईंले छुटाउनुभयो कि?