चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
१
|
४७ पटक हेरिएको
Shares
चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन

सारांश

  • काठमाडौं, पुस ६ ।
  •  पहिलो रंगिन चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन भएको छ ।
  • उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका शर्माको बिहीबार विहान निधन भएको हो ।

काठमाडौं, पुस ६ ।  पहिलो रंगिन चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका शर्माको बिहीबार विहान निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ११ बजेदेखि १ बजेसम्म पशुपति आर्यघाटमा राखिने बताइएको छ ।

शर्माले चलचित्र कुमारीमा शिवशंकर मानन्धरसँग संयुक्त संगीत दिएका थिए । चलचित्र कुमारीको मनमा माया तनमा माया बोलको गीत निकै चर्चित छ ।

वरिष्ठ संगीतकार यज्ञराज शर्माका माहिला छोरा शर्माका दुई छोरा र एक श्रीमती छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bk Bdr

    rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?