पोखरामा खुल्यो ‘होटल बेइजिङ लु’

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २, २०७५
|
|
५१ पटक हेरिएको
Shares
पोखरामा खुल्यो ‘होटल बेइजिङ लु’

सारांश

  • पोखरा, २ वैशाख ।
  • पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी रिसोर्टमा लगानी गर्ने क्रम बढेको छ ।
  • चाइनिज पर्यटकको आकर्षण देखिएसँगै पोखरामा यसरी एउटामात्र देशलाई लक्षित गरेर होटल तथा रिसोर्ट खुल्न थालेका हुन् ।

पोखरा, २ वैशाख ।

पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी रिसोर्टमा लगानी गर्ने क्रम बढेको छ । चाइनिज पर्यटकको आकर्षण देखिएसँगै पोखरामा यसरी एउटामात्र देशलाई लक्षित गरेर होटल तथा रिसोर्ट खुल्न थालेका हुन् । यसैक्रममा युवा व्यवसायी विवेक गौतमले शान्तिपाटनचोक, लेकसाइडमा चिनीया पर्यटकलाई लक्षित गरी १५ करोड रुपैयाँ लगानीमा होटल खोलेका छन् ।

वैशाख १ गतेबाट होटलले औपचारिक सेवा शुभारम्भ  गरेको गौतमले जानकारी दिए । पाँच तारे होटलले प्रदान गर्ने सेवा सुविधासहित बेइजिङ लु सञ्चालन गर्न लागेको उनले जानकारी दिए । ‘चिनीयाँ पर्यटकलाई लक्षित गरी होटल सञ्चालन हुँदैछ,’ उनले भने, ‘आन्तरिक तथा अन्य देशका पर्यटकलाई पनि सेवा प्रदान हुन्छ ।’

होटलमा १७ वटा सुपर डिलक्स कोठा रहेको गौतमले जानकारी दिए । रुफटपसहित २ वटा रेस्टुराँ तथा मिटिङ हलको सुविधा रहेको होटलमा ओपन किचनको व्यवस्था छ । चाइनिज, नेपाली, कन्टिनेन्टल सहित अर्डर अनुसारको खाना तथा खाजाको सुविधा उपलब्ध हुनेछ । उनले भने, ‘पाहुनाका लागि जिम हल तथा सनवाथ चियरको सुविधा पनि छ ।’

३ हजार रुपैयाँमा कोठा उपलब्ध गराइने गौतमले बताए । ‘पर्यटन व्यवसायमा राम्रो सम्भावना देखेर लगानी गरेको हुँ,’ उनले भने, ‘लगानी सँगसँगै नेपालमा पर्यटकको संख्या पनि बढाउनुपर्छ ।’ पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गरिने गौतमले बताए । पर्यटन व्यवसायमा लगानी गरेका गौतम अटो तथा निर्माण व्यवसायमा पनि आबद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन
ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद
फिनल्याण्ड सरकार द्वारा अनुदान
फिनल्याण्ड सरकार द्वारा अनुदान
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास
५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास
नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै
नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै

तपाईंले छुटाउनुभयो कि?