आजको मौसमः आंशिकदेखि सामान्यतया बदली हुने
सारांश
- काठमाडौं, १९ पुस ।
- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रको मौसम सामान्यतया बदली हुने जनाएको छ ।
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बदली भएको हो ।
काठमाडौं, १९ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रको मौसम सामान्यतया बदली हुने जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बदली भएको हो । बिहान हुस्सु तथा कुहिरो लागे पनि तराई क्षेत्रमा दिउँसो भने मौसम सफा रहने छ । उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सल्सियस रहेको छ भने न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
सर्याेदय विहान ६ बजेर ५४ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।
प्रतिक्रिया