चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

सारांश

  • काठमाडौँ ।
  • चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ।
  • ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ।

५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।

आईतबार साँझ कीर्तिपुरमा आफन्त भेट गरेर फर्केका भट्टराई अकस्मात बेहोस भएपछि चावहिल स्थित ओम अस्पताल पुर्याइएपनि अस्पताल ल्याउनुअघि नै भट्टराईको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका भट्टराईका विभिन्न टेलिशृखलाहरुसँगै आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, ब्रासलेट, यात्रा, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गरेका थिए ।

भट्टराईको शवलाई सोमबार पोस्ट्मार्टम गरिने जनाइएको छ। भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?