चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण

सारांश

  • काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ ।
  • फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ ।
  • निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ ।

काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।

पुलको शिलान्यास बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गर्नुभएको हो । प्रमुख शाक्यले पैदल यात्रुको सुरक्षा र शहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताउनुभयो ।

पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । प्रमुख शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भन्नुभयो, “पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको वर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।”

त्यसैगरी कामपाले चालू अर्थिक वर्ष्भित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नयाँ पुराना गरी काठमाडौँ उपत्यकामा ३० वटा आकाशे पुल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
PM Oli says no agreement on military exercise under leadership of any country
PM Oli says no agreement on military exercise under leadership of any country
बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु
बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु
दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट
दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट
पूर्वमन्त्री केसी र ज्योतिष खनाल सम्मानित
पूर्वमन्त्री केसी र ज्योतिष खनाल सम्मानित
हाइड्रो हब बन्दै त्रिशूली
हाइड्रो हब बन्दै त्रिशूली
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता
चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर !
प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर !

तपाईंले छुटाउनुभयो कि?