चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०८०
|
|
६१ पटक हेरिएको
Shares
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

सारांश

  • चितवन।
  • चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्।
  •   निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण-पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्।

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्।  निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण-पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन्। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन्। उनले भने,  “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ। अर्को ठूलो गैँडाको खाग छैन।”

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ।

बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए। यस वर्ष निकुञ्जमा चोरी-सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्। गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला
युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला
धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा
धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
भेटीबाट वार्षिक करोड आम्दानी
भेटीबाट वार्षिक करोड आम्दानी
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै
प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम

तपाईंले छुटाउनुभयो कि?