चिनियाँ नाका रसुवागढी जोड्ने सडकमार्ग सञ्चालनमा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
चिनियाँ नाका रसुवागढी जोड्ने  सडकमार्ग सञ्चालनमा !

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • काठमाडौंसँग चिनियाँ नाका रसुवागढी जोड्ने छोटो दुरीको सडकमार्ग सञ्चालनमा आएको छ ।
  • नेपाली सेनाले निर्माण सम्पन्न गरेको १७ किमीको मैलुङ–स्याफ्रुबेसी सडकको आइतबार रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभयो ।

काठमाडौं, ६ जेठ । काठमाडौंसँग चिनियाँ नाका रसुवागढी जोड्ने छोटो दुरीको सडकमार्ग सञ्चालनमा आएको छ ।

नेपाली सेनाले निर्माण सम्पन्न गरेको १७ किमीको मैलुङ–स्याफ्रुबेसी सडकको आइतबार रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभयो ।  चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने दुई लेनको उक्त सडक २०७२ को बैशाखबाट सेनाले निर्माण सूरु गरेको थियो । सडक सञ्चालनमा आएसँगै काठमाडौंबाट रसुवागढीको दुरी झण्डै २५ किलोमिटर छोटो भएको छ ।

राजमार्ग उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले भूपरिवेष्ठित अवस्थामा रहेको मुलुक सद्यौ देखि भारत वेष्ठित हुनुपरेको बाध्यता सुनाउँदैं चीनसँगको सड्क सञ्जालले त्यस्तो अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामी चीनसँग निरन्तर व्यापार गर्ने सक्ने अवस्थामा पुगेका छौं,’ मन्त्री पोखरेलले भन्नुभयो–‘अव यो सडक सुचारु भएपछि हामी दुवै मुलुकसँग समदुरी कायम गर्न सक्ने छौं ।’

सेनाले समयसीमाभित्रै सडक निर्माण गरेर उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उहाँले प्रसंम्सा व्यक्त गर्नुभयो । सडकको उद्घाटनपछि रक्षा मन्त्री पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँग गाडी चढेर स्याफ्रुबेसी पुग्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु

तपाईंले छुटाउनुभयो कि?