चिर्पट लिएर भीरैभीर खेदिए पर्यटक: देशकै बेइज्जत (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३४ पटक हेरिएको
Shares
चिर्पट लिएर भीरैभीर खेदिए पर्यटक: देशकै बेइज्जत (भिडियोसहित)

सारांश

  • काठमाडौँ ।
  • नेपालमा घुम्न निस्केका एकजना ब्रिटिश पर्यटकले नेपाली महिलाबाट दुर्व्यवहार खेप्नु परेको छ ।
  • केही कप चियाको मूल्यमा भएको सानो विवादमा नेपाली महिलाले ती ब्रिटिश पर्यटकमाथि ढुंगा र लाठो बर्साएको समाचार र भिडियो विश्वभरका ठुला मिडियामा भाइरल भइरहेको छ ।

काठमाडौँ । नेपालमा घुम्न निस्केका एकजना ब्रिटिश पर्यटकले नेपाली महिलाबाट दुर्व्यवहार खेप्नु परेको छ । केही कप चियाको मूल्यमा भएको सानो विवादमा नेपाली महिलाले ती ब्रिटिश पर्यटकमाथि ढुंगा र लाठो बर्साएको समाचार र भिडियो विश्वभरका ठुला मिडियामा भाइरल भइरहेको छ । अन्नपूर्ण पदयात्रा क्षेत्रमा पुगेका ब्रिटिश आमा छोरामाथि दाउरा बालेर चलाउने एउटा होटलकी साहुनी कुटपिट गर्न खोज्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रिटिश महिला ३५ वर्षीया जेम्मा र १५ वर्षीय छोरो चार्ली बेटेले चिया खाइसकेपछि पैसा तिर्ने क्रममा महँगो भयो भनेपछि विवाद भएको बताइन्छ । त्यसपछि ती महिलाले दुवैजनालार्इ लाठो बोकेर लखेटेको भिडियोमा देख्न सकिन्छ ।

नेपाली महिलाको आक्रमणबाट जोगिन पुगेकी ती ब्रिटिश महिला जेम्माले आफू र आफ्नो किशोर छोरो चार्लीलार्इ दाउरा र ढुंगाले हानेर मार्न खोजिए पनि बाँच्न सफल भएको बताएकी छन् । ४५ सय मिटर उचाइँको अन्नपूर्ण पदयात्रा मार्गको एउटा होटलकी साहुनीले यस्तो हर्कत गरेको भिडियो सार्वजनिक भएसँगै ब्रिटिश मिडियाले त्यसलार्इ प्राथमिकता दिएर भिडियोसहित समाचार बनाइरहेका छन्। पदयात्राका क्रममा थाकेका आमा छोरा पेय पदार्थको मूल्यकै विवादमा नेपाली महिलाबाट लखेटिनुपरेपछि स्तब्ध बनेका छन् । उनीहरूले यो घटनालार्इ जिन्दगीकै भयावहको संज्ञा दिएका छन् । साहुनीले लखेटेपछि अफ्ठेरो बाटोमा भाग्नुपर्दा ज्यानै माया मारिएसकेको प्रतिक्रिया जेम्माले दिएकी छन् ।

अघिल्लो महिना भएको यो घटनाका क्रममा जमैमाले आफ्नो ज्यान बचाइदिन भन्दै गुहार लगाएकी भिडियोमा देख्न सकिन्छ । ती महिला ज्यान बचाउन भीरको बाटोमा कुदिरहेकी थिइन् भने नेपाली महिलाले हातमा लाठो बोकेर लखेटीरहेकी थिइन् । उनले त्यसपछि अन्नपूर्ण पदमार्गस्थित थोरङ्ला पासको तस्बिर पनि सार्वजनिक गरेकी छन् । जेम्मा र चार्लीले त्यो घटना पछि पनि अन्नपूर्ण पदयात्रा मार्ग छिचोलेका थिए । नेपाली महिलाले लखेटेपछि जेम्माको खुट्टा र अनुहारमा चोट लागेर बेहोस जस्तै भएकी थिइन् । ‘त्यो घटनाका क्रममा म बेहोस जस्तै भएँ, पछि केही थाहा पाउन सकिन’, प्रशिक्षार्थी शिक्षाका बेलायती अनलाइन मिररसँग भनेकी छन्, ‘हामी बसेको ठाउँ चिया खाने सानो झुप्रोवाला थियो । हामी हिँडिरहेका बेला तिनै महिलाले बोलाएर चिया पिउन भनेकी थिइन्, सुरूमा साथीको जस्तो व्यवहार गरेर पछि ज्यानै लिन खोजिन् ।’

उनले ती महिलाकहाँ आफूले कुनै खानेकुरा अर्डर नगरेको बताउँदै केबल कालो चिया मात्रै बनाउन भनेको उल्लेख गरेकी छन् । ‘मैले सधैँ कुनै सामान अर्डर गर्नुअघि मूल्य सोध्ने गरेकी थिएँ’, उनले थपेकी छन्, ‘मैले सधैँ नेपालमा कालो चियाको प्रतिकप ५० रूपैयाँ तिर्ने गरेको छु ।’ तर त्यहाँ आफूलार्इ ती महिलाले एक कप कालो चियाको १५० रूपैयाँ भनेको उनले सुनाइन् । ‘नेपाली महिलाले एक कप चियाको १५० रूपैयाँ मागेपछि मैले फेरि मूल्य सोधेँ’, उनले अगाडि भनिन्, ‘त्यसपछि मैले कालो चियाको १५० रूपैयाँ साह्रै महंगो भएको गुनासो भने गरेकी थिएँ ।’

त्यसपछि नेपाली महिला आक्रोशित हुँदै आफूमाथि नानाभाँती गाली गर्दै कुटपिट गर्न आइलागेको उनले बताएकी छन् । कुट्न आइ लागेपछि भागेर ज्यान बचाएका उनीहरूले अर्को गाउँमा पुगेर त्यसबारे गुनासो गरेका थिए । उनीहरूले पुलिस कार्यालयमा पनि उजुरी दिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Suraj Sunam

    सानो कुरा लाइ ठुलो न बनाम….ब्रटिश. अमेरिका हरु ले पानि नेपाली लाइ धेरै शोसन गरे को भेटीनछ…..तयो बेला हामरा मिडिया हरु के हेरे रा बासछन…..

    Comment Author

    Ram Regmi

    Sundar Thauka Kurup manchhe

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?