चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
३७ पटक हेरिएको
Shares
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने

सारांश

  • एशियामा चीनको शक्ति वृद्धि भएसँगै अन्य शक्तिराष्ट्रहरु सतर्क भएका छन् ।
  • हालैमात्र क्वाड भनिने समूहका देशहरु अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरुको सम्मेलन भएको छ ।

। एशियामा चीनको शक्ति वृद्धि भएसँगै अन्य शक्तिराष्ट्रहरु सतर्क भएका छन् । हालैमात्र क्वाड भनिने समूहका देशहरु अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरुको सम्मेलन भएको छ । यो लगत्तै उनीहरु सैन्य सम्बन्ध प्रगाढ बनाउन सक्रिय भएका छन् ।

क्वाडका चारवटै राष्ट्रले संयुक्त नौसैनिक अभ्यास गर्ने भएका छन् । नोभेम्बर महिनामा क्वाड देशहरुको नौसैनिक जहाज सैन्य अभ्यासका लागि एकै ठाउँमा पुग्दैछन् । यसलाई मालाबार अभ्यास भनिन्छ । अभ्यासमा ड्रोन र मिसाइल समेतको प्रयोग हुने बताइएको छ ।

अमेरिका र चीनबीच ताइवानलगायत साउथ चाइना सीमा विवाद बढिरहेको छ । जापानले पनि साउथ चाइना सीका टापुमा चीनले कब्जा जमाएको भन्दै विरोध जनाइरहेको छ । भारतको चीनसँग सीमा विवाद बढिरहेको छ । यस्तो अवस्थामा क्वाड देशहरुले नौसैनिक अभ्यास गर्न लागेका हुन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?