चीनको प्रभाव बढेकै हो ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १५, २०७७
|
|
५१ पटक हेरिएको
Shares
चीनको प्रभाव बढेकै हो ?

सारांश

  • काठमाडौं, १५ मंसिर ।
  • कुनैबेला उत्तरको हिमाललाई चीनसँगको पर्खाल भनिन्थ्यो ।
  • नेपालको चीनसँग खासै व्यापारिक सम्बन्ध पनि थिएन ।

काठमाडौं, १५ मंसिर । कुनैबेला उत्तरको हिमाललाई चीनसँगको पर्खाल भनिन्थ्यो । नेपालको चीनसँग खासै व्यापारिक सम्बन्ध पनि थिएन । जनताबीचको सम्बन्ध त निकै कम थियो । छिमेक भइन पनि चीनसँग जटिल भूगोलले दुरी बढाइदिएको थियो । बरु नेपालीहरुको तेस्रो मुलुकहरु बेलायतलगायत युरोपेली देशहरुसँग नजिकको सम्बन्ध थियो ।

चीनले विकासको गति लिएसँगै तिब्बतमा आर्थिक गतिविधिहरु बढ्दै गयो । त्यो भन्दा पनि उसको छिमेकमा प्रभाव बढाउने र लगानी बढाउने तत्परता बढ्यो । क्षेत्री हुँदै विश्व शक्ति बन्ने चीनको महत्वाकांक्षाले नेपालमा पनि चासो बढायो । गणतन्त्र स्थापनापछि चीनले कम्युनिस्ट शक्तिसँग निटता बढायो । माओवादी शक्तिमा आएपछि चीनबाट सैन्य तहमा आवतजावत बढ्न थाल्यो । चीनले पनि राजनीतिक, सैन्यलगायत विभिन्न तहमा नेपालीहरुलाई भ्रमणमा डाक्न थाल्यो ।

सत्तारुढ नेकपासँग चिनियाँ कम्युनिस्ट पार्टीको विशेष सम्बन्ध स्थापित भइसकेको छ । दुवै पार्टीको संयुक्त प्रशिक्षण समेत हुनथालिसकेको छ । नेकपा नेताहरु चीन भ्रमणमा नपुगेको सायदै कोही होला । चिनियाँ विदेश मामलासम्बन्धी धारणा आउने गरेको पत्रिका ग्लोबल टाइम्सले नेपाली काँग्रेसलाई भारतपरस्तको आरोप लगाइरहँदा नेकपालाई भने मित्रशक्ति भनेको छ । उसले नेकपाभित्रको माइक्रोम्यानेजमेन्टमा पनि भुमिका खेल्यो । कतिपयले नेकपा एकीकरणमा चीनको भुमिका समेत भने । यसलाई थप बल दिने गरी नेकपा विवादमा चीनको भुमिका खुल्यो । चिनियाँ राजदूत होउ यान्छीले नेकपाभित्र संकटमा आउँदा मुख्य नेताहरुलाई घर घरमै पुगेर भेटिन् । उनको भेटले नेकपाको संकट दुईपटक टरिसकेको छ । पछिल्लो पटक पनि यान्छीको सक्रियता देखिनथालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
के काठमाडौंवासी नयाँ वैकल्पिक शक्ती खोज्दै छन ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
Relationship Traditions in Asia
Mostbet AZ-90 kazino azerbaycan Ən yaxşı bukmeyker rəsmi sayt Breaking News in Hindi Latest Hindi New
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष
फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष
वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह
वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही

तपाईंले छुटाउनुभयो कि?