चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २२, २०७९
|
|
५५ पटक हेरिएको
Shares
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च

सारांश

  • काठमाडौं।
  • स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ।
  • उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ।

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ।
उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू लाखौं रुपैयाँ चन्दा उठाएर, ऋण लिएर खर्च व्यवस्थापन गर्छन् ।
उम्मेदवारले गाउँपालिकामा ३ लाख ५० हजार मात्रै खर्चिन पाउँछन् । महानगरको हकमा भने उम्मेदवारले ७ लाख ५० हजारसम्म खर्च गर्न पाइन्छ। उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् भन्ने पनि तोकिएको छ।
निर्वाचन निकै खर्चिलो र महँगो हुँदै गएको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवारले करोड रुपैयाँभन्दा माथि खर्च गर्छन्। तर आयोगले स्थानीय तह निर्वाचनको हकमा क्रमशः बढीमा ७ लाख ५० हजार र घटीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाइने सिलिङ तोकेको छ।
महानगरमा मेयरका उम्मेदवारले ७ लाख ५० हजार, उपमहानगरपालिकामा मेयरका उम्मेदवारले ५ लाख ५० हजार, नगरपालिकामा मेयरका उम्मेदवारले ४ लाख ५० हजार र गाउँपालिकामा अध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँको परिधिभित्र रहेर खर्च गर्नुपर्ने हुन्छ। उनीहरूले आयोगले तोकेको शीर्षक परिधिभित्र रहेर खर्च विवरण बुझाउनुपर्छ। [image: 1619347797_Paisa.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)
आजदेखि अनिश्चितकालीन धनकुटा बन्द, जनजीवन प्रभावित
आजदेखि अनिश्चितकालीन धनकुटा बन्द, जनजीवन प्रभावित
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने
कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी
सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी
एमाले–माओवादीलाई प्रलोभन र धम्की आयो : प्रचण्ड
एमाले–माओवादीलाई प्रलोभन र धम्की आयो : प्रचण्ड
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी

तपाईंले छुटाउनुभयो कि?