चुनावमा बम विस्फोट गराउने विप्लव कार्यकर्ताले पाए सफाई

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
चुनावमा बम विस्फोट गराउने विप्लव कार्यकर्ताले पाए सफाई

सारांश

  • काठमाडौं ।
  • प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी  नेकपा विप्लप समुहका नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ ।
  • जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी  नेकपा विप्लप समुहका नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।

गत वर्ष भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा भोजपुरको तीन ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनीको गरेको आरोपमा जिल्ला अदालत भोजपुरमा मुद्दा दर्ता गरिएको थियो । केही महीनाअघि मात्र सोही मुद्दामा नेकपा प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रकाण्ड ६० हजार नगद धरौटी राखेर छुटेका थिए । 

टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवाना लिएको छ । त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकाले तामेलीमा राखिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो
प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने

तपाईंले छुटाउनुभयो कि?