चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २५, २०७७
|
|
४९ पटक हेरिएको
Shares
चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे

सारांश

  • माया अन्धो हुनुको साथै बुझ्न पनि सकिदैन ।
  • भनिन्छ साचो माया गर्नेले कहिले पनि शर्त राख्दैन ।
  • तर चेन्नईमा बस्ने एक प्रेमिकाले आफ्नो प्रेमीको अगाडी आश्चर्य लाग्दो शर्त राखिन् ।

माया अन्धो हुनुको साथै बुझ्न पनि सकिदैन । भनिन्छ साचो माया गर्नेले कहिले पनि शर्त राख्दैन । तर चेन्नईमा बस्ने एक प्रेमिकाले आफ्नो प्रेमीको अगाडी आश्चर्य लाग्दो शर्त राखिन् । शर्त यस्तो थियो कि प्रेमी सिधै जेल पुगे । जब प्रहरीले सोधपुछ गरेपछि कारण त किस निस्कियो ।

वास्तवमा केटाले आफ्नी प्रेमिकालाई किस मागेका थिए तब केटीले एक शर्त राखिन । युवतीले केटालाई बुर्का लगाएर पुरै चेन्नईलाई चक्कर लगाएमा किस मिल्ने शर्त राखिन् । केटाले जोश जोशमा हुन्छ भने । मरिना तटमा बुर्खा लगाएर घुम्न निस्किए । केहि समय घुमेपछि मानिसहरुले शंका गर्न थाले र उनीहरुले हंगामा गरे । मानिसहरुले यो महिला होइन पुरुष हो यस्ले चप्पल लगाएको छ भन्दै चोर चोर भनेर कराउन थाले । प्रहरीलाई जानकारी दिए ।

प्रहरीले पक्राउ गरेपछि सोधपुछ गर्दा प्रहरी नै दंग प¥यो । यसले प्रहरी समक्ष आफुलाई बुर्खा लगाएर घुमेमा किस गर्ने प्रेमिकाले चुनौती दिएको बताए । उनले सत्य बताएदिए पनि उनलाई प्रहरीले जेलमा थुनेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?