चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
५७ पटक हेरिएको
Shares
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या

सारांश

  • कास्की, २७ कात्तिक ।
  • ढुङगा प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पोखराको बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा बस्ने सिन्धुली सुनकोशी घर भएका प्रेम भन्ने २३ वर्षीय नन्द लाल श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।

कास्की, २७ कात्तिक । ढुङगा प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा बस्ने सिन्धुली सुनकोशी घर भएका प्रेम भन्ने २३ वर्षीय नन्द लाल श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।

चौधरीलाई गत शनिबार ढुंगा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले तनहुँ आबुखैरेनी नगरपालिका–२ मार्क्यु सडकमा रिक्सामा काठमाडौंतर्फ जाँदै गर्दा फेला पारी पक्राउ गरेको बताएको छ ।

२०७७ असोजको पहिलो हप्तामा श्रेष्ठ रिक्सा सहित पोखरा आई विभिन्न स्थानमा कवाडी संकलन गरी बेच्ने काम गर्ने क्रममा गत शनिबार सोही पार्कमा चौधरीसँग भेट भएको थियो । सोही दिन साँझ दुवैजना मदिरा सेवन गरी चौधरीको घरमा खाना खान गएको अवस्थामा चौधरीले श्रेष्ठलाई चुरोट चोरेको आरोप लगाएपछि भएको विवादमा श्रेष्ठले आगो बाल्ने चुलोको ढुङ्गाले हिर्काउँदा गम्भीर घाईते भएका चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
श्रेष्ठमाथि कर्तव्य ज्यान मुद्दामा मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
गीत  सुन्दा जति सजिलो लाग्छ  यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
गीत सुन्दा जति सजिलो लाग्छ यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
ईपीजी प्रतिवेदन कार्यान्वयनको प्रतिक्षामा छौँ : डा. थापा
ईपीजी प्रतिवेदन कार्यान्वयनको प्रतिक्षामा छौँ : डा. थापा
डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति
डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !

तपाईंले छुटाउनुभयो कि?