छक्का पञ्जा– २ को ट्रेलर सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
छक्का पञ्जा– २ को ट्रेलर सार्वजनिक

सारांश

  • अपलोड गरिएको चौविस घण्टा नवित्दै फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आइपुगेको छ ।
  • यसले फिल्मप्रतिको व्यग्र चासो र प्रतिक्षालाई प्रष्ट पारेको छ ।
  • आखिर के छ त बहुप्रतिक्षित फिल्म छक्का पञ्जा २ को ट्रेलरमा ?

अपलोड गरिएको चौविस घण्टा नवित्दै फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आइपुगेको छ । यसले फिल्मप्रतिको व्यग्र चासो र प्रतिक्षालाई प्रष्ट पारेको छ । आखिर के छ त बहुप्रतिक्षित फिल्म छक्का पञ्जा २ को ट्रेलरमा ? छोटकरीमा लेखाजोखा गरौं :

मेकिङ्गका हिसाबले उच्च गुणस्तरको तीन मिनेट तीन सेकेण्ड लामो ट्रेलर हास्य प्रधान संवाद र दृश्यले भरिपुर्ण छ । किन एउटा छोरीलाई चै भिसा दिदैंन र ? यो नाम हो कि भजन हो यार ? साथी साथी भन्दा कुन बेला तलमाथि हुन्छ थाहा हुँदैन ? दश त बाजा सहित आएछ ? भुँडी फुटेर आन्द्रा निस्कियो जस्ता संवादले हाँस्न बाध्य बनाउँछ । यस्तै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले कलाकार लक्ष्मी गिरीलाई ‘नाइस् टु मिट यु’ भन्दै हात मिलाएर लक्ष्मीले किक हानेर उडाएको दृश्य निकै हाँस्य प्रधान छ । यस्तै नायिका बर्षा राउतको हट दृश्य छ । छक्का पञ्जामा सोभर बर्षामा २ मा आइपुग्दा हट भएकी छिन् । ट्रेलर हेर्नुस् :
ट्रेलरमा नायिका प्रियंका कार्कीको रोल सस्पेन्स राखिएको छ भने दिपकराज गिरी राजबाट हवल्दार भएका छन् । यस्तै जितु नेपाल र किरण केसी बाउ छोराको रोलमा यथावत् छन् भने गौरव पहारी, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकाल ‘छक्का पञ्जा २’ का नयाँ पात्रहरु हुन् । दिपाश्री निरौला निर्देशित फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । दिपा, प्रियंका, बर्षा र स्वस्तिमासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?