छायाङ्कनमा ‘ह्यासट्याग माया’

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २१, २०८०
|
|
४३ पटक हेरिएको
Shares
छायाङ्कनमा ‘ह्यासट्याग माया’

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । ‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को छायाङ्कन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ ।

चौध दिनको तालिका तय गरिएको चलचित्रको छायाङ्कन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए ।

‘नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायाङ्कन प्रारम्भ गरेका हौँ । दुई साता यहाँको रमणीयस्थलमा छायाङ्कन गर्नेछौँ’, उनले भने ।

यसै चलचित्रमार्फत निर्देशनको सुरुआत गर्नुभएका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको जानकारी दिए ।

‘विधा थ्रिलर भएता पनि पूर्ण मनोरञ्जक चलचित्र बन्ने छ । प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु’, उनले भने । चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिङ्ह, सुदाम सिकेलगायतको अभिनय रहेको छ । यसको छायाङ्कन काठमाडौं र धरानमा समेत गरिनेछ ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शीर्ष भूमिका निर्वाह गरिरहनुभएकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएका थिए ।

‘चरित्र निर्माणमा समय खर्चिएकी छु । किनकि यसले हामीलाई चरित्रप्रति इमान्दार बनाउँछ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’, अभिनेत्री श्रेष्ठले भने ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन हुने
टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन हुने
काठमाडौंका ११ वडाध्यक्षको घोषणा
काठमाडौंका ११ वडाध्यक्षको घोषणा
विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी
विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी
३५ अर्ब लाग्ने काम ८ अर्बमै गर्दै प्रधानमन्त्रीका आइटी विज्ञ असगर अली
३५ अर्ब लाग्ने काम ८ अर्बमै गर्दै प्रधानमन्त्रीका आइटी विज्ञ असगर अली
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
लोकमानलाई आफैं उपस्थित भई जवाफ दिन सर्वोच्चको आदेश !!!
लोकमानलाई आफैं उपस्थित भई जवाफ दिन सर्वोच्चको आदेश !!!
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो
नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड