बैतडीमा महिला उम्मेदवारी शून्य

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४६ पटक हेरिएको
Shares
बैतडीमा महिला उम्मेदवारी शून्य

सारांश

  • प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बैतडीमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको छ ।
  • उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पार्टीबाट पनि महिला उम्मेदवार नरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो ।
  • राजनीतिक दलहरुले महिला नेतृत्वमाथि अझै पनि विश्वास गर्न नसकेका कारण महिलाको उम्मेदवारी नपरेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताउनुभयो ।

प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बैतडीमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको छ ।

उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पार्टीबाट पनि महिला उम्मेदवार नरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । राजनीतिक दलहरुले महिला नेतृत्वमाथि अझै पनि विश्वास गर्न नसकेका कारण महिलाको उम्मेदवारी नपरेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताउनुभयो ।

मुख्य राजनीतिक दलहरुले महिला नेतृत्वलाई स्वीकार गर्न नसकेकाले राष्ट्रिय राजनीतिमा महिलाको पहुँच पुग्न नसकेको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताउनुभयो । राजनीतिक दलहरुले महिला नेतृत्वलाई विश्वास नगरेकै कारण महिलाको राष्ट्रिय राजनीतिमा पहुँच पुग्न नसकेको महिला अधिकारकर्मीले बताएका छन् ।

राज्यका हरेक निकायमा महिला ३३ प्रतिशत सहभागिता हुनुपर्ने कानून भए पनि नेपालमा यसो नभएको बैतडीका महिला अधिकारकर्मीले बताएका छन् ।

महिला अधिकार र सहभागिताका कुरा कागजमा मात्रै सीमित हुँदा महिलाको सहभागिता हुन नसकेका उनीहरुको भनाइ छ । आगामी मंसिरमा हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य भएकामा महिलाले आपत्ति जनाएका छन् ।

महिलालाई जहिले पनि कोटामा मात्रै सीमित पार्ने परिपाटीले महिलाको सहभागिता न्यून हुने गरेको महिला अधिकारकर्मी कान्ता चन्दले बताउनुभयो । बैतडीमा कुनै पनि पार्टीबाट प्रत्यक्षतर्फ महिला उम्मेदवारी शून्य हुनु दुःखको कुरा भएको उहाँले बताउनुभयो । अझै पनि समाजमा पितृसत्तात्मक सोच हाबी भएकाले निर्णयात्मक भूमिकामा महिलालाई पछाडि पार्ने गरेको पार्वती भट्टले बताउनुभयो ।

स्थानीय तहको चुनावमा पनि बैतडीका सबै तहमा महिला उपप्रमुख र उपाध्यक्षमा सीमित पारिएका थिए ।

स्थानीय तहको निर्वाचनमा १० तह रहेको बैतडीमा कुनै पनि तहमा महिलालाई प्रमुखमा टिकट दिइएन भने जिल्लामा रहेको ८४ वडामध्ये एकमा मात्रै महिलाले वडाध्यक्षको टिकट पाएका थिए ।
बैतडीमा तीन सिटमा लागि १२ जना प्रतिस्पर्धामा

प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना प्रतिस्पर्धामा रहेका छन् जसमध्ये प्रतिनिधि सभाको १ पदका लागि ५ जना उम्मेदवार बनेका छन् । प्रदेश सभाका लागि क्षेत्र नं १ मा एक पदका लागि पनि पाँचजना र क्षेत्र नं २ मा एक पदका लागि दुईजना भिडिरहेका छन् ।

प्रतिनिधि सभाका लागि नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट नरबहादुर चन्द, वाम गठबन्धनबाट दामोदर भण्डारी, विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा छन् ।

यस्तै, प्रदेश सभातर्फ क्षेत्र नं १ लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

यस्तै, प्रदेश सभाअन्तर्गत क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् । चुनावलाई लक्ष्य गरेर बैतडीमा सबै राजनीतिक दलहरुले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् । सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
माओवादीले विचार केन्द्रित अभियान थाल्ने
माओवादीले विचार केन्द्रित अभियान थाल्ने
नेता शर्मामाथि सन्धीखर्कमा स्थानीयबाट आक्रमण…
नेता शर्मामाथि सन्धीखर्कमा स्थानीयबाट आक्रमण…
काठमाडौँमा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
गोविन्द केसीका मागबारे एमालेले गर्यो यस्तो निर्णय
गोविन्द केसीका मागबारे एमालेले गर्यो यस्तो निर्णय
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)
चिडियाखानामा एक युवक सिंहको अगाडि हाम्फाले,तैपनि सिंहले केही गरेन!
चिडियाखानामा एक युवक सिंहको अगाडि हाम्फाले,तैपनि सिंहले केही गरेन!
आईपीएल : गुजरात प्लेअफ नजिक
आईपीएल : गुजरात प्लेअफ नजिक

तपाईंले छुटाउनुभयो कि?