प्रकाशको स्मृतिमा बिहीबार शोकसभा, काजक्रिया नहुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ६, २०७४
|
१
|
५५ पटक हेरिएको
Shares
प्रकाशको स्मृतिमा बिहीबार शोकसभा, काजक्रिया नहुने

सारांश

  • काठमाडौं, ६ मंसिर।
  • नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पोलिटब्युरो सदस्य प्रकाशको स्मृतिमा बिहीबार शोभसभा आयोजना गर्ने भएको छ।
  • दाहाल निवास लाजिम्पाटमा सो कार्यक्रम आयोजना हुनेछ।

काठमाडौं, ६ मंसिर। नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पोलिटब्युरो सदस्य प्रकाशको स्मृतिमा बिहीबार शोभसभा आयोजना गर्ने भएको छ।

दाहाल निवास लाजिम्पाटमा सो कार्यक्रम आयोजना हुनेछ। चुनावीसभामा भाग लिन चितवन पुगेका दाहाल परिवार बुधबार नै राजधानी फर्किने कार्यक्रम रहेको छ। बिहीबार शोकसभा हुने भएपनि वैदिक विधिअनुसार १३ दिनको काजक्रिया भने हुने छैन।

दाहालका एक मात्रै छोरा प्रकाशको आइतबार बिहान सुतेको स्थानमा आकस्मिक हृदयघातको कारण निधन भएको थियो। उनको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिइएको थियो।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगामी दस वर्ष देशको विकास र समृद्धिमा विताउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चितवनस्थित निवासमा छोरा प्रकाशको स्मृतिमा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पहिलो दस वर्ष लडाइ र परिवर्तनमा वितेको बताए ।

निकै भावुक मुद्रामा रहेका प्रचण्डले सामाजिक न्याय र समानताका निम्ति नै चितवन आएको स्पष्ट पारे। ‘१० वर्ष युद्ध लडेँ। अबको १० वर्ष विकासमा लाग्छु,’ उनले भने, ‘यो संकल्प पूरा गर्न आम चितवनवासीको हृद्धयदेखि सहयोग हुने अपेक्षा समेत लिएको छु।’

पुत्रशोकको अवस्था सबैबाट प्राप्त समवेदना, साहनुभूतिका लागि उनले धन्यवाद  प्रकट गरे। उनका साथमा पत्नी सीता, बुहारी बिनासमेत छन्।

(https://colorreflections.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    हिन्दू परमपरा अनूसार काज किरया नगर्ने हरूले लास चाही किन पसूपति कैलाश मा अबस्थित आर्यघाट मा लगेर जलाएको ? किन नहाले को लास जलाऊने मिसिनमा ? आत्म भड्केला है आत्मा ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च
एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा

तपाईंले छुटाउनुभयो कि?