मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, २९ वैशाख।  नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डियन प्रिमियर लिग (आईपीएल) नेपाली खेलाडी सहभागी भएको विषयमा पनि चर्चा गरेका छन् ।

काठमाडौं महानगरद्वारा मोदीलाई नागरिक अभिनन्दन गर्न राष्ट्रिय सभागृहमा शनिबार आयोजित कार्यक्रममा मोदीले सन्दीप लामिछानेको चर्चा गरेका हुन् ।

‘भारतमा अहिले आईपीएल चलिरहेको छ, नेपाल पनि आईपीएलमा जोडिएको छ, सन्दीप लामिछानेले आईपीएलमा भाग लिइरहेका छन्,’ मोदीले भने, ‘आउने समयमा क्रिकेटबाट मात्र होइन, अन्य खेलको माध्यमबाट पनि दुई देशबीच र जनता-जनताबीचको सम्बन्ध मजबुत हुनेछ ।’

अब पाउलान् त सन्दीपले मौका ?

सन्दीप अनुबन्धित टीम दिल्ली आईपीएलको प्लेअफमा पुग्ने सम्भावना सकिएको छ । अब बाँकी ३ खेल दिल्लीले प्रतिष्ठाका लागि खेल्नेछ ।

यसक्रममा शनिबार दिल्लीले रोयल च्यालेञ्जर्स बैंग्लोरसँग खेल्दैछ ।

बाँकी ३ मध्ये कम्तिमा पनि १ खेलमा सन्दीपले मौका पाउने सम्भावना प्रबल छ । दिल्लीको आधिकारिक फेसबुक पेजले पनि सन्दीपले अभ्यास गरिरहेको तस्बीर राख्दै ‘अभ्यास पूरा भएको’ लेखेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Lal Thakali

    Modi if very cleaver politician in south Asia,he know how to cash people’s sentiments at last he make people foolish…but you can’t make people every time foolish modiji.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?