नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ९, २०७९
|
|
३५ पटक हेरिएको
Shares
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड

सारांश

  • बैतडी ।
  • चैते नवरात्र सुरु भएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
  • चैते दसैँसम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै दर्शनार्थीको भीड लागेको हो ।

बैतडी । चैते नवरात्र सुरु भएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

चैते दसैँसम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै दर्शनार्थीको भीड लागेको हो । यो नवरात्रमा बसाइ सरेर तराई गएका पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताए । उनले भने, “नवरात्र सुरु भएसँगै पूजाआजा गर्न आएका दर्शनार्थीको भीड बढ्दै गएको छ । यो क्रम चैते दसैँसम्म रहन्छ ।”

चैते नवरात्रमा यहाँका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङाशैनी, पोटलाशैनीलगायत भगवतीका मन्दिरमा पूजाआजा सुरु भएको छ । निङ्गलाशैनी र मेलौली मन्दिरमा चैते दसैँको दिन बलिसहित जात्रा हुने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । दोगडाकेदार, सिगास, महारुद्र, शिवनाथ, वासुलिङ्ग, उदयदेव, जगन्नाथ, भूमिराजलगायतका मन्दिरमा पनि चैते नवरात्रमा पूजाआजासहित जात्रा हुने गरेको छ ।

यसैबीच यहाँको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको छ । चैते दसैँको घटस्थापनाको अवसर पारेर ‘हिङ्लो’ ठड्याइएको हो ।
हिङ्लो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको छ । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङ्लो निर्माण गरिएको हो ।

पिङ अर्थात ‘हिङ्लो’ मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोक्सीको आरोपमा महिलालाई खुवाइयो मलमूत्र
बोक्सीको आरोपमा महिलालाई खुवाइयो मलमूत्र
बागमती प्रदेशले बढायो यातायातको भाडा (सूचीसहित)
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल
खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल
भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार 
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार