छिमेकीलाई दिसा खुवाएपछी…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
५८ पटक हेरिएको
Shares
छिमेकीलाई दिसा खुवाएपछी…

सारांश

  • सुर्खेत, २१ वैशाख, सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् ।
  • बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।
  • गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् ।

सुर्खेत, २१ वैशाख, सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् ।

बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।

गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल गर्दा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै प्लाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलका क्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चतुर्वेदीले बताउनुभयो । प्रहरी कार्यालयमा दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

बड्डीचौर प्रहरीले चौकीमै दिसा खुवाएपछि विवाद बढ्दा थापा र सलामीको पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?
२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?
झुपडी र गरिबलाई नछुने बजेट : डा संग्रौला
झुपडी र गरिबलाई नछुने बजेट : डा संग्रौला
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?
सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?
डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?
डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
अमेरिकी राष्ट्रपतिको उत्तर कोरियामा २० पाइला
अमेरिकी राष्ट्रपतिको उत्तर कोरियामा २० पाइला
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?