छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित

सारांश

  • मंगलबारे, इलाम, ७ फागुन, जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् ।
  • जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् ।
  • प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ ।

मंगलबारे, इलाम, ७ फागुन, जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् ।

जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ ।

विगतमा व्यवसायीलाई माग पूरा गर्न धौ धौ पर्ने गरेको थियो । विगतमा प्रतिकिलो रु एक हजारमा बिक्र हुँदै आएको छुर्पीको मूल्य अहिले रु ७०० मा झरेको सन्दकपुर गाउँपालिका–४ माबुस्थित बालकृष्ण कृषि फार्मका सञ्चालक बालकृष्ण गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लगानी डुब्ने डरले छुर्पीको उत्पादन कम गर्न थालेको छु ।” संकलन गरेर लगेको छुर्पीको रु पाँच लाख रकम नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको उहाँको भनाइ छ ।

छुर्पीबाट मनग्य आम्दानी हुन थालेपछि उद्योगको संख्यामा वृद्धि भएको छ । बजारीकरणमा प्रतिष्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेका कारण समस्या भएको हो । अहिले विगतको जस्तो माग छैन । एकदमै थोरैमात्र निकासी भइरहेको छ ।

रामं्रोसँग छुर्पी नसुक्दा खोक्रो हुने, कुहिने, ढुसी आउने, कुकुरले खाँदा बिरामी हुनेजस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको बताइएको छ । इलामका छुर्पी अन्तर्राष्ट्रिय हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौँ, सिल्भर लिङ्क (आइएनसी) प्रालि कलेक्सन सेन्टर काठमाडौँ र एभरेष्ट प्रोडक्सन काठमाडौँलगायतबाट निकासी हुने गरेको छ । इलाममा ५६५ वटा दुग्धजन्य डेरी, चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलाममा दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

(https://www.biolighttechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र
चन्द्रागिरीमा माघ १ गते  कन्सर्ट निशुल्क !
चन्द्रागिरीमा माघ १ गते कन्सर्ट निशुल्क !
मेची अञ्चलका केवलहरूले ग्राहक ठग्दै, नेपाल सरकारले लियाे एक्सन!
मेची अञ्चलका केवलहरूले ग्राहक ठग्दै, नेपाल सरकारले लियाे एक्सन!
कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ
कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
नयाँ संस्कारसहितको पार्टी बनाउन एकता-अध्यक्ष दाहाल
नयाँ संस्कारसहितको पार्टी बनाउन एकता-अध्यक्ष दाहाल
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)