छ करोडको लागतमा मन्दिर निर्माण

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
छ करोडको लागतमा मन्दिर निर्माण

सारांश

  • बागलुङ, २० फागुन , बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
  • रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ ।
  • विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो ।

बागलुङ, २० फागुन , बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । मन्दिर निर्माणमा विभिन्न क्षेत्रबाट दाताको सहयोग जुटेको निर्माण समितिले जनाएको छ ।

अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टले शुरुमा रु एक करोड उपलब्ध गराएको समितिका कोषाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ ।

उदयपुरबाट झिकाइएको सालको काठमा आकर्षक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल, ढोका बनाइएको छ । मन्दिर निर्माणको काम भक्तपुरबाट आएका दक्ष कालीगढले गरेका हुन् । महिनौँ दिन लगाएर कालीगढले सालको काठमा देवीदेवताका आकृति कुँदेका थिए । प्राचीन नेपाली कला र शैली झल्कने गरी मन्दिरको निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
असई पक्रन विप्लव समूहले दियो पक्राउ पुर्जी (जनअदालतको चेतावनी पत्रसहित)
असई पक्रन विप्लव समूहले दियो पक्राउ पुर्जी (जनअदालतको चेतावनी पत्रसहित)
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
नारायण थापाको गीत ‘तिमीलाई नै’ सार्वजनिक
नारायण थापाको गीत ‘तिमीलाई नै’ सार्वजनिक
सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो
एमसीसी अब के हुन्छ ?
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?