जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ११, २०७७
|
|
३६ पटक हेरिएको
Shares
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन्। उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए।

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए। अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिए।

अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, सङ्घीय शासन व्यवस्था, गणतन्त्र, विकासको जग र लोकतन्त्रवादी समाजवाद उन्मुख जग भत्कन्छ की भनेर कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उनले जनताको अधिकार संस्थागत गर्ने दिशामा नै सरकार अघि बढेको बताए।

एक अर्को प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले गैर आवासीय नेपालीलाई नेपालको विकास र समृद्धिको सहयात्री बन्न आग्रह गरे। उनले नेपालमा देखिएका असहमतिलाई लिएर गैर आवासीय नेपाली साह्रै बढी चिन्तित र विभाजित हुन नहुने उल्लेख गरे। मन्त्री ज्ञवालीले नेपाल लगानी अनुकूल वातावरण भएको मुलुक भएको चिनारी विश्वलाई दिन गैर आवासीय नेपालीलाई त्यो अनुरूपको भूमिका खेल्न आग्रहसमेत गरे।नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
मंसिर ३ गते मंगलबारको राशिफल यस्तो छ
म्याद नाघेको चामल बेच्ने ब्यापारीलाई जरिवाना
म्याद नाघेको चामल बेच्ने ब्यापारीलाई जरिवाना
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता