जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २१, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares
जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल

सारांश

  • काठमाडौं, २१ साउन ।
  • नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले भूमि व्यवस्थापनसम्बन्धीका समस्याहरु पहिचान गरि ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरेबमोजिम सकुम्वासी समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या, अव्यवस्थित बसोबास र गुठी संस्थानसम्बन्धीको समस्या हल गर्ने बताएकी छिन् ।
  • सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री अर्यालले भूमि व्यवस्थासम्बन्धी व्यापक समस्या रहेको सुनाउँदै भनिन्,‘हामी अब भूमि व्यवस्थापनसम्बन्धी समस्याहरु पहिचान गर्छौं ।

काठमाडौं, २१ साउन । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले भूमि व्यवस्थापनसम्बन्धीका समस्याहरु पहिचान गरि ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरेबमोजिम सकुम्वासी समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या, अव्यवस्थित बसोबास र गुठी संस्थानसम्बन्धीको समस्या हल गर्ने बताएकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री अर्यालले भूमि व्यवस्थासम्बन्धी व्यापक समस्या रहेको सुनाउँदै भनिन्,‘हामी अब भूमि व्यवस्थापनसम्बन्धी समस्याहरु पहिचान गर्छौं । ती सबै समस्याहरुलाई नयाँ ऐन बनाएर सोही बमोजिम हल गर्छौं ।’

साक्षात्कारमा बोल्दै उनले सहकारीप्रति नेपाली जनताको व्यापक आकर्षण रहेको बताईन् । उनले थपिन्,‘सहकारीका माध्यमबाट गाउँदेखि शहरसम्मका जनताको जीवनस्तर उकासिएको छ । अब सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै हरेक युवायुवतीहरुलाई व्यवसायी गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले गरिवी निवारणको लागि अब गरिव पहिचान गर्न परिचयपत्र वितरण गर्ने पनि बताईन् । गरिबलाई माथि उकास्नेगरि ‘स्पेशल–प्याकेज’ घोषणा गर्ने उनको प्रतिबद्धता छ ।

उनले थपिन्,‘विकसित मुलुकमा पनि गरिबी उन्मुलन नभई न्यूनिकरण भएको छ । केही प्रतिशत गरिबी बाँकी नै छ । हाम्रो देशमा पनि गरिबी न्यूनिकरण हुन्छ । यसको लागि नयाँ प्याकेज ल्याउँछौं । वर्तमान सरकार र म स्वयम्पनि संवेदनशील छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो सुखी नेपाली र समृद्ध नेपालको लागि सरकारले द्रुत गतिमा काम गर्ने उनको भनाई छ ।

मन्त्री अर्यालले सरकारले जनतालाई नोक्सानी नै पुर्याउनेगरि रौं बराबरको पनि गलत काम नगरेको दाबी गरिन् । उनले भनिन्,‘हामीले गलत काम केहीपनि गरेका छैनौं । सपना देखाएका छौं । अब ती सपनाहरु पूरा गर्नेगरि सरकार अघि बढेको छ । हुन त अहिले सरकारले गरेको कामको रनक÷रनक आएको छैन । अब आउँछ । हामी अहिले व्यवस्थापकीय काममा लागेका छौं ।’ सरकारले अब छलाङ मार्नेगरि काम गर्ने उनले विश्वास दिलाईन् ।

मन्त्री अर्यालले जग्गाको कित्ताकाटसम्बन्धी मन्त्रालयले रोकेको तर सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिएको बताउँदै भनिन्,‘यसबारेमा म अध्ययन गर्दैछु । छिट्टै निर्णय गर्छु ।’ त्यस्तै उनले सहकारी ऐन अहिले बाधकको रुपमा रहेको बताउँदै यसलाई पनि साधक हुनेगरि संशोधन गर्ने जनाईन् । व्यवस्थित् बसोबास आयोग त तपाईको पार्टीको कार्यकर्ता भर्ती गर्ने अखडा बनाउनु भएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भनिन्,‘कर्मचारीबाट यो समस्याको व्यवस्थापन गर्न सकिँदैन् । यसको लागि दक्ष जनशक्ति आवश्यक परेको छ । यो राजनीतिक रुपमा डिल गर्ने विषय भएकोले विज्ञदेखि प्राविधिकसम्मको जनशक्तिको व्यवस्थापन गरिएको हो । कार्यकर्ता भर्ती गरिएको छैन् ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Surya Prasad Suwal

    साउनमा आंखा फुटेको गोरूले सधैं हरियो देख्छ । दृष्टिदोष भएको छ , दिमागी हालत ठिक छैन यिनको ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भुटानबीच खेल जारी, नेपालको १-० ले अग्रता
नेपाल र भुटानबीच खेल जारी, नेपालको १-० ले अग्रता
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा
सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर
क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…

तपाईंले छुटाउनुभयो कि?