‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम यी चार टेलिभिजनमा प्रसारण हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १, २०७५
|
|
४० पटक हेरिएको
Shares
‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम यी चार टेलिभिजनमा प्रसारण हुने

सारांश

  • काठमाडौँ, १ साउन ।
  • बुधबारदेखि जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रम सञ्चालन हुने भएको छ ।
  • नेपाल टेलिभिजनबाट लगायत एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुनेछ ।

काठमाडौँ, १ साउन । बुधबारदेखि जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल टेलिभिजनबाट लगायत एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुनेछ । कथा नेपालले निर्माण गरेको कार्यक्रमको संचालन मनोज पाण्डेले गर्नेछन् । कथा नेपालले नेपालमा सोलुसन बेस्ड जर्नालिज्म या कन्सट्रक्टिभ जर्नालिज्मको अभ्यास गर्ने पहिलो कम्पनी हो । आशा, उत्साह र उत्सवलाई कम्पनीले मुल मन्त्र बनाएको छ ।

कथा नेपालले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको सैद्धान्तिक जग पनि यसैलाई बनाएको छ ।
यो कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली छ । यसबाहेक विषयगत रूपमा आवश्यकता अनुसार राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, विषयगत मन्त्रालय तथा विश्वविद्यालयहरूलाई समेत अध्ययन–अनुसन्धानका लागि अनुरोध गर्ने योजना कथा नेपालको छ ।

कार्यक्रमका लागि लाग्ने सम्पूर्ण खर्चको स्रोत व्यवस्थापन कथा नेपाल आफैले गर्नेछ । पत्रकारितामा खर्चको स्रोत व्यवस्थापन भन्नाले विज्ञापन व्यवस्थापन हो । यसका लागि कथा नेपालले छुट्टै विज्ञापन नीति समेत बनाएको छ । ‘जनतासँग प्रधानमन्त्री’ मा कुनै पनि आयातीत सामान, गुणस्तर विभागले तिम्रा सामान गुणस्तरीय छैनन्, पब्लिकलाई नबेच भनेका सामान, स्वास्थ्यमा प्रतिकुल असर पार्ने जंकफुड, भ्याट, ट्याक्स वा यस सम्बन्धी कानुनी झमेलामा फसेका कम्पनीको उत्पादन र सेवाको विज्ञापन बजाइने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?