जनता वैकल्पिक शक्तिको खोजीमा छन्ः केसी

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १, २०७६
|
|
५४ पटक हेरिएको
Shares
जनता वैकल्पिक शक्तिको खोजीमा छन्ः केसी

सारांश

  • आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ ।
  • पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ ।
  • साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ ।

पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेदवार रजनी केसीले बताईन् । तराजु चुनाव चिह्न लिएर मतदातामाझ पुग्नुभएकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको दाबी गरिन् ।

सबैभन्दा पहिला उम्मेदवारको टुङ्गो लगाएको साझा पार्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीयवासीका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताए । यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालयसमेत स्थापना गरेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
मतदान सकियो, कीर्तिपुर र मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु हुने
मतदान सकियो, कीर्तिपुर र मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु हुने
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ
बस दुर्घटनामा ५० घाइते
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग :  एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेस संसदीय दलको निर्णय
प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेस संसदीय दलको निर्णय
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
शेरबहादुर देउवाकाे विदेश भ्रमण स्थगित
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
सङ्घीयता, गणतन्त्र र संविधानको पक्षमा एकजुट हुन चार दल सहमत
सङ्घीयता, गणतन्त्र र संविधानको पक्षमा एकजुट हुन चार दल सहमत

तपाईंले छुटाउनुभयो कि?