जनप्रतिनिधिको लापरवाहीले बृद्धबृद्धा भत्ताबाटै बञ्चित
सारांश
- अनिस खत्री गुल्मी।
- जिल्लाभर चुनावी रौनक बढिरहेकै बेला गुल्मीको सत्यवती गाउँपालिकाका बृद्धबृद्धा, अपांग र एकल महिला भने नियमित पाउँदै आएको भत्ताबाटै बञ्चित भएका छन्।
- गाउँपालिका अध्यक्ष चुनाव प्रचारप्रसारमा व्यक्त छन्।
अनिस खत्री
गुल्मी। जिल्लाभर चुनावी रौनक बढिरहेकै बेला गुल्मीको सत्यवती गाउँपालिकाका बृद्धबृद्धा, अपांग र एकल महिला भने नियमित पाउँदै आएको भत्ताबाटै बञ्चित भएका छन्। गाउँपालिका अध्यक्ष चुनाव प्रचारप्रसारमा व्यक्त छन्।
गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो बैठकबाटै गाउँपालिका भित्रका बृद्धबृद्धा, अपांग, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्ने निर्णय गरेको थियो। त्यो निर्णयसँगै गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल चर्चामा आएका थिए।
तर निर्णय गरेको ६ महिना नपुग्दै अध्यक्ष ढकालले नै त्यो निर्णयको अटेर गर्दै भत्ता पाउनबाटै बञ्चित गराएका हुन्। उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
स्रोतका अनुसार अध्यक्ष ढकालले आपैmले संचालन गर्ने गरी अस्लेवाको रुद्रवेणीमा रहेको आप्mनै घरमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैकिङ कारोबार शुरु गरेका छन् । त्यही शाखामा भत्ता जम्मा गरेर आफूले नाफा कमाउने उद्देश्यले अहिले आएर अाफैले गरेको निर्णयलाई कार्यान्वयन नगरी बृद्धबृद्धा, अपागं र एकल महिलालाई भत्ताबाटै बञ्चित गराएका हुन् ।
अस्लेवाका एक अपांग युवाले विशेष गरी ढकालले कांग्रेस भए सजिलै भत्ता दिने र अन्य पार्टीका भए दुःख दिने गरेको गुनासो गरे।
गाउँपालिका अध्यक्ष ढकालको त्यस्तो व्यवहारबाट सबै भन्दा बढी उनकै घर रहेको अस्लेवाका बृद्धबृद्धा बढी प्रभावित भएका छन् । अस्लेवामा मात्र बृद्धबृद्धा, अपांग र एकल महिला गरी झण्डै ३ सय जनाले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् ।
गत आवको अन्तिम किस्ताको भत्ता भदौमा घरघरमै पुगेर वितरण गरेको भएपनि यस वर्षको भत्ताको दोस्रो किस्ता पाउने बेलासम्म पनि पहिलो किस्ताको रकम नै नपाएको उनीहरुको गुनासो छ ।
गापा अध्यक्ष ढकालले बैंकको शाखा आप्mनै घरमा राखेर एक जना कर्मचारी र आप्mनी श्रीमतीलाई जागिरको रुपमा राख्दै आएका छन् । भत्ता माग गर्न जाने बृद्धबृद्धा र अपांगलाई उनीहरुले र्दुव्यवहार गर्ने गरेको समेत गुनासो छ । अस्लेवाको वडा अध्यक्षमा निर्वाचित भिमलाल पाण्डेले भने बृद्धबृद्धाको गुनासा गाउँपालिका अध्यक्षलाई गरेपनि त्यसको प्रकृयागत ढिलाईले वितरणमा समस्या भएको बताए ।
टोलटोलमै वितरण गर्ने भन्ने बैठकको पहिलो निर्णय पनि भएकाले त्यसलाई कार्यान्वयन गर्नु पर्ने नभए बैंकबाटै भएपनि प्रकृया पुरा गरेर वितरण गर्न आफुले आग्रह गरिसकेको पाण्डेले बताए । बृद्धबृद्धा, अपांग र एकल महिला यस वर्षका भत्ताबाट बञ्चित भएको उनले स्वीकार गरे ।
सत्यवती गाउँपालिका अध्यक्ष ढकाल भने चुनावी प्रचारप्रसारमा ब्यस्त भएकाले उनको फोनमा सम्पर्क हुन सकेन् । स्थानीयका अनुसार उनी कांग्रेस नेता चन्द्र भण्डारीको चुनाव प्रचारप्रसारमा कालीगण्डकी गाउँपालिकामा रहेकाले टेलिफोन सम्पर्क हुन नसक्ने बताए।
Krishna Thakuri
यस्तै हो बेलामा होस नपुर्याउदा दुःख भाेग्नु नै पर्छ