आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २५, २०८०
|
|
५३ पटक हेरिएको
Shares
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने

सारांश

  • काठमाडौं।
  • हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा बिग्रिएर थन्किएका १५१ गाडी मर्मत पछि प्रयोगमा
सिंहदरबारमा बिग्रिएर थन्किएका १५१ गाडी मर्मत पछि प्रयोगमा
पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत
पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत
When Tiffany Haddish asked Leonardo DiCaprio to sleep with her
When Tiffany Haddish asked Leonardo DiCaprio to sleep with her
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
संसद बैठकमा जानै नचाहने पनि फेरि सांसद चुनिए
संसद बैठकमा जानै नचाहने पनि फेरि सांसद चुनिए
प्रचण्डको चमत्कारः ८ दिन, १०० कार्यक्रम, १९००० प्रवेश
प्रचण्डको चमत्कारः ८ दिन, १०० कार्यक्रम, १९००० प्रवेश
सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल गर्ने मन्त्री गुरुङको आश्वासन
सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल गर्ने मन्त्री गुरुङको आश्वासन
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने

तपाईंले छुटाउनुभयो कि?