जन्मदिनमा अस्पताललाई ५० लाख सहयोग

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
जन्मदिनमा अस्पताललाई ५० लाख सहयोग

सारांश

  • कार्तिक २२, २०७४-आफनो ८३ औं जन्मदिनको अवसरमा भरतपुरकी गौरी देवी प्रधानले रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई ५० लाख नगद सहयोग गरेकी छन् ।
  • उनले प्रदान गरेको रकम चिकित्सालयले सुविधासम्पन्न बिरामी आवास गृह निमार्णमा लगानी गरेको छ ।
  • उनले ४ वर्षअघि सहयोग गरेको नगद १ करोडबाट चिकित्सालय परिसरमा उनका स्वर्गिय पतिको स्मरणमा ‘श्यामकृष्ण स्मृति भवन’  निमार्ण भएको छ ।
कार्तिक २२, २०७४-आफनो ८३ औं जन्मदिनको अवसरमा भरतपुरकी गौरी देवी प्रधानले रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई ५० लाख नगद सहयोग गरेकी छन् । उनले प्रदान गरेको रकम चिकित्सालयले सुविधासम्पन्न बिरामी आवास गृह निमार्णमा लगानी गरेको छ ।

उनले ४ वर्षअघि सहयोग गरेको नगद १ करोडबाट चिकित्सालय परिसरमा उनका स्वर्गिय पतिको स्मरणमा ‘श्यामकृष्ण स्मृति भवन’  निमार्ण भएको छ । पहिलो १ करोड सहयोगवाट १५ कोठाको सुबिधासम्पन्न बिरामी आवास भवन निमार्ण भैसकेको छ । एक करोडको लागतमा १५ कोठे भवन निमार्ण भैरहँदा गत १२ गते उनको ८३ औ जन्मदिनको अवसरमा फेरी ५० लाख नगद सहयोग गर्ने घोषणा गरेकि हुन् ।

‘अस्पताल जस्तो पुन्य स्थलमा सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु,’ गौरीदेवीले भनिन्, ‘जुनसुकै रोगको पनि प्राकृतिक विधिवाट उपाचार गरिने यस्तो अस्पताललाई सहयोग गर्न पाउँदा मन आनन्दीत भएको छ ।’ यो चिकित्सालय दक्षिण एसियाकै उत्कृष्ठ बनाउन सबैको आबस्यक रहेको उनले औल्याइन् ।

अस्पतालका प्रशासक हरी सापकोटाले उनको व्यक्तिगत लगानीबाट २५ कोठे (पहिला र अहिले) सुविधा सम्पन्न बिरामी आवास भवन निमार्णको काम भैरहेको जानकारी दिए । सबै कोठा क्याबिन सिस्टमका र सुविधासम्पन्न रहेका छन् ।

२०६४ सालमा स्थानियले धान्याचंल महायज्ञ गरेर संकलन गरेको १ करोड ७३ लाख नगदवाट निमार्ण थालिएको प्राकृतिक चिकित्सालयले ५० शैय्या संचालनको अनुमती पाएको छ । अस्पताल परिसरमा २२ बिगाह जग्गा क्षेत्रफल रहेको छ । त्यसमध्ये सरकारले अस्पताललाई १० बिगाहको भागाधिकार दिइसकेको छ । आगामी केहि वर्षमा थप ३ सय सैय्या संचालनमा ल्याउने गरी अस्पतालले भौतिक पूर्वाधार निमार्णको काग गरिरहेको छ ।

यो चिकित्सायलमा नेचुरोपेथि र योगा बिधिवाट बिना औषधी उपचार गरिन्छ । यस्तो चिकित्सालय यो नै नेपालकै पहिलो हो । यहा त्यसै बिधाका ४ बिषेशज्ञ निकित्सक रहेका छन् । चिकित्सालय नारायणगढवाट १८ किलोमिटर पश्चिमको रजहरमा रहेको छ ।

शान्त र रमणीय जंगलको बिचमा रहेको चिकित्सालयले ६ बिगाहमा आफैले आर्गेनिक तरकारी खेती र गाइपालन गरेको छ । चिकित्सालयहातामा करिब एक किलो मिटर दुरीको पैदल मार्ग पनि रहेको छ ।

समुदायको प्रयासमा संचालन गरिएको प्राकृतिक चिकित्सालयको मुख्यदाता गौरी देवी प्रधान हुन । चिकित्सालयमा गौरीदेवी पछि सहयोग गर्नेमा उद्योगपछि बिनोद चौधरी , हरिकृष्ण मर्हजन र स्थानिय निर्मल क्षेत्री ठुला दाताहुन ।

निजी प्रयासवाट देशमै उदाहरणीय काम भएका नवलपरासीमा ३ वटा स्थल रहेका छन् । ति हुन रजहरको प्राकृतिक चिकित्सालय , दुम्कौलीमा रहेको शास्वत धाम र त्रिवेणीमा करिब ८० करोडको लागतमा निमार्णाधिन गजेन्द्रनारायण मन्दीर ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?