जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १५, २०७६
|
|
४१ पटक हेरिएको
Shares
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे

सारांश

  • निकै हसिलो मुद्रामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै कोरियाको सीमारेखा अर्थात् ”डिएमजेड” तर्फ बढे ।
  • उत्तर कोरियाली नेता किम जोङ उन ट्रम्पलाई लिन नजिकै आए ।
  • सीमारेखामा दुवै नेताबीच हातेमालो भयो ।

निकै हसिलो मुद्रामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै कोरियाको सीमारेखा अर्थात् ”डिएमजेड” तर्फ बढे । उत्तर कोरियाली नेता किम जोङ उन ट्रम्पलाई लिन नजिकै आए । सीमारेखामा दुवै नेताबीच हातेमालो भयो । किम निकै मुस्कुराए । ट्रम्पले आफूभन्दा ४० वर्ष कान्छा किमलाई धाप पारे । हातेमालो गरेपछि ट्रम्पले दक्षिण कोरियाको सीमा कटेर उत्तर कोरियाली भूमितर्फ बढे ।आइतबार उत्तर कोरिया र दक्षिण कोरियाको सीमारेखामा भएको ऐतिहासिक भेटको दृश्य थियो यो । किमसँगको भेटका क्रममा डोनाल्ड ट्रम्प उत्तर कोरियाको भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने ।दुवै नेताले उत्तर कोरियामा केहीबेर बसेपछि कोरियाली नेता किम ट्रम्पसँग दक्षिण कोरियाली भूमितर्फ बढे । दुवै नेतालाई दक्षिण कोरियाली नेता मुन जे इनले स्वागत गरे । भेटमा ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिए ।

आइतबार भेटवार्ताका लागि दुवै नेता सीमा क्षेत्रमा पुगेका थिए । ट्रम्पले उत्तर कोरियाली नेतासँग सीमा क्षेत्रमा भेट्ने संकेत जापानको ओसाकामा भएको जी ट्वेन्टी सम्मेलनबाट दक्षिण कोरिया जानुअघि नै गरेका थिए । धेरैलाई यसमा शंका थियो । तर, ट्रम्पले भेटवार्ता गरे ।

दुश्मनबाट मित्रता
कुनैबेला एक अर्काविरुद्ध आणविक अस्त्रको विषयमा युद्धको अवस्थामा पुगेका थिए अमेरिका र उत्तर कोरिया । अमेरिकाले औपचारिक रुपमा उत्तर कोरियालाई ‘शैतानको समूह’ मा राखेको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले उत्तर कोरियाले ‘एक्जिज अफ इभिल’ भनेका थिए । अमेरिकालाई उत्तर कोरियाले सबैभन्दा ठूलो शत्रु ठान्थ्यो ।

यो हदसम्मको दुश्मनी भएका दुई देशका नेताले दुईपल्ट भेटेर सँसारलाई आश्चर्यचकित बनाइसकका थिए । यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि विश्वलाई चकित पारे ।

ट्रम्प र किमको भेटलाई विश्व राजनीतिमा निकै महत्वका साथ हेरिएको छ । दुवै देशबीच तनावपूर्ण समबन्ध रहँदै आएको थियो । पछिल्लो समय दुवै देशका नेताबीचको आपसी भेटवार्ताले सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?