जहाँ आमा बुवाले नै छोरीलाई बेच्छन्, किन्न बजार नै लाग्छ

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
जहाँ आमा बुवाले नै छोरीलाई बेच्छन्, किन्न बजार नै लाग्छ

सारांश

  • काठमाडौं ।
  • यो शहरमा युवतीलाई खुलेआम मोलमोलाइ गरेर बिक्री गरिन्छ ।
  • यसलाई यहाँ प्रथाको नाम दिइएको छ।

काठमाडौं । यो शहरमा युवतीलाई खुलेआम मोलमोलाइ गरेर बिक्री गरिन्छ । यसलाई यहाँ प्रथाको नाम दिइएको छ। यहाँ आमा बुाव आफ्ना छोरीकालागि ग्राहक खोज्छन्। यस्तो उनीहरको विवाह गर्नकालागि गरिन्छ। यो विचित्रको प्रथा युरोपको एक समूदायमा प्रचलित छ । यहाँ युवतीकालागि ग्राहक खोज्नकालागि बजार नै लाग्ने गर्छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युवती यो प्रथाकालागि सहमत हुन्छन्। यो प्रथालाई युवतीहरु आफ्नो लागि योग्य बर खोज्ने उचित माध्यमका रुपमा लिन्छन्। जहाँ बजार लाग्छ त्यो ठाउँको नाम बुल्गेरिया हो। यो युरोपियन युनीयरको हिस्सा पनि हो। यो बजार बुल्गेरियाको बचकोभो मोनेस्ट्री नजिकै लाग्छ। छोरीलाई बेच्ने यो प्रथा रोम समुदायमा प्रचलित छ ।

संचारमाध्यमका अनुसार अर्थोडक्स क्रिश्चियनको एक समुदाय कलाप्रेमी हुन्छ जो रोम समुदायबाट आएका हुन्छन्। यो समुदायका मानिस धेरै गरिव हुन्छन्, उनीहरुलाई आफ्नो विहान बेलुकाको छाक टार्न पनि समस्या हुन्छ। यस्तो अवस्थामा रोम समुखायको मानिसको चेतनामा परिर्तन हुन सकेन र त्यही कारण उनीहरु छोरी बेच्ने प्रथालाई निरन्तरता दिइरहेका छन् ।

संचारमाध्यमका अनुसार यो समुदायमा शिक्षाको कमी छ। यो समुदायको युवती कलेजसम्म पुग्दै सक्दैनन्। सानै उमेरमा विवाहकालागि उनीहरुलो बेच्ने गरिन्छ। बुल्गेरियामा ब्राइडलमा चार पटक सम्म बार खोज्न बजार लाग्ने गर्छ। जहाँ युवती आफ्ना बुवा आमासँग गएर आफूलाई योग्य बर खोज्नेगर्छन्। युवतीहरुले आफूलाई मन पर्ने वरसँग कुरा गरेर विवाह गर्ने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?