जानी राखौ : बिरामीलाई सलाइन पानी किन दिइन्छ !!

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ५, २०७३
|
|
२५९ पटक हेरिएको
Shares
जानी राखौ : बिरामीलाई सलाइन पानी  किन दिइन्छ !!

सारांश

  • अस्पतालहरुमा बोतलमा झुन्डाएर सुइबाट दिने सलाइन पानी हामी सबैले देखेका छौ ।
  • भर्ना भएका विरामीहरु प्रायलाई सलाइन पानी दिइराखिएको हुन्छ ।
  • तर वास्तवमै सलाइन पानी के हो र यसमा के हुन्छ भन्ने जानकारी चै हामी मध्य कमैलाइ मात्र हुन्छ ।

अस्पतालहरुमा बोतलमा झुन्डाएर सुइबाट दिने सलाइन पानी हामी सबैले देखेका छौ । भर्ना भएका विरामीहरु प्रायलाई सलाइन पानी दिइराखिएको हुन्छ । तर वास्तवमै सलाइन पानी के हो र यसमा के हुन्छ भन्ने जानकारी चै हामी मध्य कमैलाइ मात्र हुन्छ । के हो सलाइन पानी ? सलाइन पानी बाहिरबाट हेर्दा प्राय उस्तै देखिए पनि विभिन्न किसिमको हुन्छ। मुख्यत धेरै प्रयोग हुनेमा “नर्मल सलाइन“ र “रिङ्गर ल्याक्टेट“ पर्दछन । “नर्मल सलाइन“ भनेको सजिलो भाषामा भन्नुपर्दा नुन र पानी हो। यसमा ०.९५ सोडियम क्लोराइड रहेको हुन्छ । “रिङ्गर ल्याक्टेट“ मा त्यसबाहेक थप ल्याक्टेट र पोटासियम पनि रहेको हुन्छ । सलाइन पानी कहिले प्रयोग गरिन्छ ? सामान्यतया मुखबाट पानी र अन्य आवश्यक खनिज तत्व खान नसक्ने विरामीलाई सलाइन पानी दीन आवश्यक हुन्छ । शरीरबाट पानी खेर जाने स्थितीहरु जस्तैस् झाडापखाला, अत्याधिक रक्तस्राव आदि अवस्थामा खेर गएको पानी पुर्ती गर्न सलाइन पानी दिइन्छ । अपरेसन गर्न अस्पताल भर्ना भएका, पेट खाली राख्नुपर्ने विरामी, साथसाथै शल्यक्रियामा रगत खेर जाने सम्भावना भएका विरामीहरुलाई पनि सलाइन पानी दिइन्छ । यसले शरीरमा रक्तसञ्चार जारी राखी महत्वपूर्ण अङ्गहरुलाई हानी हुनबाट जोगिन मद्दत पुर्याउँछ । इमर्जेन्सी वा भर्ना भएका विरामीहरुलाई किन सलाइन पानी दिइन्छ ? इमर्जेन्सीमा आएका विरामीहरुलाई सकेसम्म चाढो रक्तनली खोलेर सलाइन पानी दिइने गरिन्छ । सिकिस्त विरामीहरुको नशा पछि खोल्न गाह्रो हुनसक्ने र औषधीले चाँढै काम गर्नको निम्ति नशाबाट दिनुपर्ने हुनाले सलाइन पनि सँगसँगै दिने गरिन्छ । साथै अस्पताल भर्ना भएका विरामीहरुलाई लगातार नशाबाट औषधी दिनु पर्ने भएकाले पनि सलाइन पानी चलाइ राखिन्छ । सलाइन पानीको बारेमा केही भ्रम : आम मानिसहरुमा सलाइन पानी बारेमा केही भ्रमहरु रहेको पाइन्छ जुन नितान्त गलत हुन् । जस्तै : १. सलाइन पानीले तागत दिन्छ : मुखबाटै आवश्यक पोषण लिन सक्ने मानिसहरुलाई सलाइन पानीबाट थप तागत मिल्छ भन्नू भ्रम मात्र हो । सलाइन पानीमा पनि उहीँ नुन, पानी हुने भएकाले यो थप तागतिलो त शक्ति दिने हैन । २. शरीरमा वर्षको एकचोटी सलाइन चढाउनै पर्छ : कतिपयलाई वर्षको एक वा दुई पटक सलाइन पानी चढाउनै पर्छ वा आफ्नो शरीरले नै माग्छ भन्ने गलत भ्रम हुन्छ । त्यस्तो शरिरलाई नै आवस्यक पर्ने भन्ने गलत सोचाइ मात्रै हो । ३. सलाइन पानीले चिसो गराउछ : सलाइन पानीले त्यस्तो चिसो गराउने भन्ने पनि विरामीहरुमा रहेको भ्रम मात्र हो । सलाइन पानी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु : १. डाक्टरको पुर्जा फार्मेसीबाट किनेको सलाइन पानी एकै हो कि हैन जाच गर्नुपर्छ । २. सलाइन पानीको एक्स्पाइरी मिति र भित्र कुनै त्यस्तो संकास्पद केही बाहिरी बस्तु छ छैन जाच गर्नुपर्छ । ३. सलाइन पानी चढाउदै गर्दा सकिन लाग्दा नर्स, डाक्टरलाई खबर गर्नुपर्छ ।

श्रोत : हाम्रोडाक्टर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै
मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर
मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
झलकमान खोज्न गएका प्रहरीले कुसुमलाई किन गरे पक्राउ ?
झलकमान खोज्न गएका प्रहरीले कुसुमलाई किन गरे पक्राउ ?
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति
भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति