जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०८१
|
|
५९ पटक हेरिएको
Shares
जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

सारांश

  • काठमाडौं।
  •   ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो ।

काठमाडौं।  ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो ।

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाउने गरिन्छ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ। ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ।

विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
अरुण ३ : पहिले र अहिले, कथित उद्घाटन रोक्नु पर्यो पहिले
अरुण ३ : पहिले र अहिले, कथित उद्घाटन रोक्नु पर्यो पहिले
सुरेन्द्र पाण्डेलाई नेकपा प्रचण्ड समूहको महासचिव बनाइने
सुरेन्द्र पाण्डेलाई नेकपा प्रचण्ड समूहको महासचिव बनाइने
विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध
Complaint filed against Nawazuddin Siddiqui’s Sacred Games for insulting Rajiv Gandhi!
Complaint filed against Nawazuddin Siddiqui’s Sacred Games for insulting Rajiv Gandhi!
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !
देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
कार्यवाहक प्रधानमन्त्री पोखरेललाई

तपाईंले छुटाउनुभयो कि?