अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘

सारांश

  • मुम्बइ।
  • पछिल्लो समय सामाजिक संजाल कुनै पनि खबर भाइरल बनाउने बलियो कारण बनेको छ ।
  • सामाजिक संजालमा कहिलेकाहीँ यस्ता खबरहरु पनि भाइरल हुन्छन् जो झुटा हुन्छन् तर मानिसहरुलाई यसबारे थाहै हुँदैन र ती खबर आगोझौं फैलिन्छ ।

मुम्बइ। पछिल्लो समय सामाजिक संजाल कुनै पनि खबर भाइरल बनाउने बलियो कारण बनेको छ । सामाजिक संजालमा कहिलेकाहीँ यस्ता खबरहरु पनि भाइरल हुन्छन् जो झुटा हुन्छन् तर मानिसहरुलाई यसबारे थाहै हुँदैन र ती खबर आगोझौं फैलिन्छ । पछिल्लो समय बलिउड अभिनेत्री अमिषा पटेलसँग पनि यतै भएको छ ।

अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटनामा परेको भन्दै समाचार फैलिएका थिए । तर, यी खबर झुटो भएको खुलेको छ । अमिषाका अनुसार जुन सडकमा दुर्घटना भएको भन्दै समाचार फैलिएको थियो त्यो बाटोमा अमिषा विगत ६ महिनायता गएकै छैनन् ।

अमिषाले इन्स्टाग्राममा केही तस्वीर शेयर गर्दै लेखेकी छिन् ‘म अचम्म परेकी छु कि यस किसिमका समाचार कसले बनाउँछ रु मिडिया कता गइरहेको छ रु मै पूर्ण रुपमा ठिक छु । घाइते हुने जस्तो केही छेन । म फेरि पनि यही भन्छु यो खबर गलत हो । यदि यस्तो केही भएको भए म तपाइँहरुसँग कुरा गर्न सक्थें ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?