प्रदेश ४ को पहिलो वैठक आज बस्दै, तीनथरि पोशाक लगाउन पाइने

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २२, २०७४
|
|
५५ पटक हेरिएको
Shares
प्रदेश ४ को पहिलो वैठक आज बस्दै, तीनथरि पोशाक लगाउन पाइने

सारांश

  • काठमाडौं, २२ माघ – संघीय संरचना स्थापनासँगै विभिन्न प्रदेशमा पहिलो वैठकको समय तोकिइसकेको छ ।
  • आज सोमबार प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक बस्दैछ ।
  • प्रदेश ४ मा ६० जना प्रदेश सांसद रहेको प्रदेशसभाको लागि हिजो आइतबार नै प्रदेश संसदको अभ्यास बैठक बसिसकेको छ ।

काठमाडौं, २२ माघ – संघीय संरचना स्थापनासँगै विभिन्न प्रदेशमा पहिलो वैठकको समय तोकिइसकेको छ । आज सोमबार प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । प्रदेश ४ मा ६० जना प्रदेश सांसद रहेको प्रदेशसभाको लागि हिजो आइतबार नै प्रदेश संसदको अभ्यास बैठक बसिसकेको छ ।

प्रदेश नम्बर ४ को प्रदेशसभा बैठक पोखरा नगरीको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा हुँदैछ। वैठकका लागि सांसदहरुलाई पोसाक तोकिसकिएको छ ।

प्रदेशसभा बैठकमा उपस्थित हुन पुरुष र महिलालाई तीनथरि पोसाक तोकिएको छ । बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुट-प्यान्ट वा आ-आफ्नो जातीय पहिचानको सांस्कृतिक पोसाक लगाउन पाउनेछन् । महिला सदस्यका लागि साडीचोलो वा सुट-प्यान्ट वा जातीय पहिचानको सांस्कृति झल्किने पोसाक निर्धारण गरिएको छ।

सोमबार बिहान ११ बजे बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भैसकेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?