जिल्ला सभापतिहरुलाई फकाउन एक लाख खर्च गर्दै देउवा, पौडेल र सिटौला मख्ख

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
जिल्ला सभापतिहरुलाई फकाउन एक लाख खर्च गर्दै देउवा, पौडेल र सिटौला मख्ख

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं २४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा दवावमा परेका छन्। पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला सकिएको छ । निस्कर्ष सभापति देउवालाई बझाइदैछ । भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारी छ। देउवाले सभापतिहरुलाई लन्च बैठकमा बोलाएका छन्।

एक जना बराबर करिब ६ सयका दरले करिब १ लाख खर्च गर्ने देउवाको तयारी छ । एक जना बराबर करिब ६ सयका दरले करिब १ लाख खर्च गर्ने देउवाको तयारी छ । सभापतिहरुको भेलाबाट आएको निस्कर्षबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सहितका नेता उत्साहित छन्।

दवावमा परेपछि सभापति देउवा नयाँ बाटो खोज्न थालेका छन्। सर्प पनि मर्ने र लठठी पनि नभाच्निे उपाय खोजि भइरहेको एक नेताले बताए ।

केन्द्रीय समति बैठक चालाउने र निर्णयलाई सच्याउने गरिपहल भइरहेको छ । पुस ११ गते संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट महाधिवेशन तिथि सार्वजनिक, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्‍ने, विभाग संख्या २८ बाट ४७ पुर्‍याउने, तरुण दलको म्याद ६ महिना थप्ने लगायतका निर्णय गरेपछि असन्तुष्ट पक्षले त्यसविरुद्ध अभियान थालेको थियो।

भेलामा देउवा पक्षका भनिएका जिल्ला सभापतिसमेत सहभागी भएपछि देउवा हच्केका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?