‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?

सारांश

  • काठमाडाै, १८ मंसिर ।
  •    प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद चर्च युनिफिकेसनकी प्रमुख हक जा हन मुनलाई आफैँले निमन्त्रणा गरेको खुलेको छ।
  •  २०१८ अगस्ट २० को मितिमा ओलीले हानलाई एशिया प्यासिफिक समिटका लागि काठमाडौं आउन आग्रह गर्दै औपचारिक पत्र पठाएकाे विवरण  प्राप्त भएकाे हाे।

काठमाडाै, १८ मंसिर ।   प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद चर्च युनिफिकेसनकी प्रमुख हक जा हन मुनलाई आफैँले निमन्त्रणा गरेको खुलेको छ। २०१८ अगस्ट २० को मितिमा ओलीले हानलाई एशिया प्यासिफिक समिटका लागि काठमाडौं आउन आग्रह गर्दै औपचारिक पत्र पठाएकाे विवरण  प्राप्त भएकाे हाे।

नेकपा बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा रहेको एशिया प्यासिफिक समिट निमन्त्रणा समितिले विदेशी पाहुनालाई निम्ताको निर्णय गरेको थियो। चर्चकी प्रमुख हक जा हन मुनलाई भने प्रधानमन्त्री ओलीकै हस्ताक्षर भएकाे निम्तो पठाइएको थियो। ‘मेरी श्रीमती राधिका र म तपाइँलाई नेपालमा निजी रुपमा स्वागत गर्न चाहन्छौं’, प्रधानमन्त्री ओलीले पठाएको पत्रमा भनिएको छ। निम्तो पत्रमा एशिया प्यासिफिक समिटको उद्देश्य राष्ट्रसंघीय दीगो विकास लक्ष्य पूरा गर्न विवाह र परिवारलाई सशक्तिकरण गर्नु रहेको उल्लेख छ।

आफूलाई जिसस पुत्री दाबी गर्ने हानले प्रधानमन्त्री ओली, उनकी पत्नी राधिकासहित स्थानीय तहका मेयर, उपमेयर तथा प्रमुख उपप्रमुखसहित १५ सय विशिष्ट जोडीलाई पवित्र रक्सी (होली वाइन) पिलाएर आर्शीवाद दिने याेजना थियाे। त्यही विषयलाई प्रधानमन्त्रीको पत्रले राष्ट्रसंघीय दीगो विकास लक्ष्य २०३० सँग जाेड्ने काम गरेकाे हो।

चर्चका संस्थापक सन म्युङ मूनले सन् २०१२ मा निधन हुनुअघि चर्चका यस किसिमका कार्यक्रममा पवित्र रक्सी छर्किने परम्परा बसाएका थिए। त्यस्ताे रक्सीमा उनकाे शुक्रकिट मिसाइने गरेकाे विवाद छ। सन् २०१२ मा सन म्युङ मूनको निधनपछि श्रीमती तथा छाेराहरूले याे परम्परालार्इ निरन्तरता दिँदै अाएका छन्। डिसेम्बर १ देखि ३ सम्म सञ्चालन भएकाे समिटमा श्रीमती मुनले सहभागिता जनाएकी थिइन्। उनकाे हातबाट अाेलीले १ लाख डलरकाे पुरस्कार थापे। पवित्र रक्सीसहितकाे अाशीर्वाद लिएनन्।प्रधानमन्त्री अाेलीले हस्ताक्षर गरेकाे पत्र

प्रधानमन्त्री अाेलीले हस्ताक्षर गरेकाे पत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
मंगलबारको राशिफल
मंगलबारको राशिफल
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो
काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो
पोखरा पुगेर प्रधानमन्त्रीले गरे ‘अनुगमनको पनि अगुगमन’
बादललाई पराजित गर्दै खिमलाल बने विजयी
बादललाई पराजित गर्दै खिमलाल बने विजयी
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश