जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २०, २०८२
|
|
५२ पटक हेरिएको
Shares
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

सारांश

  • काठमाडौं।
  • सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ।
  • जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन्।

काठमाडौं। सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ। जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन्।

गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।

‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’

यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएका छन् । योसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

जेनजीको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
घरबाहिर नांगै दिसा गर्दा यौन दुव्यवहार, रोग पनि
सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी
सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

तपाईंले छुटाउनुभयो कि?