जेल जानुपर्नेहरू खुलेआम अदालतमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ४ पुस ।
  • नेपाली नागरिकता लिएको कसुरमा मुद्दा चलाइएका भारतीय नागरिक नरेशकुमार साह सोमबार जिल्ला अदालत मोरङ परिसरमा देखापरे।
  • प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको छ।

काठमाडौं ४ पुस ।
नेपाली नागरिकता लिएको कसुरमा मुद्दा चलाइएका भारतीय नागरिक नरेशकुमार साह सोमबार जिल्ला अदालत मोरङ परिसरमा देखापरे। प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको छ। फैसला आउने दिन अदालत पुगे पनि उनी पक्राउ परेनन्।

जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सोमबारै उनलाई दुई वर्ष कैद सजाय र ७५ हजार जरिवाना फैसला सुनाएको छ। उनले प्राप्त गरेको नागरिकता पनि रद्द भएको फैसला आएको छ। तर, उनी मंगलबार पनि अदालतमै झुल्किए। कानुन व्यवसायीसँग आफ्नो मुद्दाबारे सुझाव लिएर बाहिरिएको प्रत्यक्षदर्शीको भनाइ छ। उनका अनुसार अदालतका कर्मचारी र प्रहरीले यसबारे सुइँकोसम्म पाएनन्।

उनी अदालत पुगेको खबर गरे पनि प्रहरीले पक्राउ नगरेको एक स्थानीयले बताए। ‘उनीहरूले नेपाली नागरिकता लिएको सूचना हामीले दिएपछि प्रहरीले मुद्दा चलाएको थियो’, उनले भने, ‘तर, फरार सूचीमा राखेर खोजी गरिरहेका व्यक्ति खुलेआम डुलघुम गर्दा पनि पक्राउ गरिएको छैन।’ प्रहरीसँगकै सेटिङमा उनीहरू खुलेआम हिँडडुल गर्न पाएको र अदालतमा पुग्दा पनि पक्राउ नपरेको हुन सक्ने उनको आशंका छ।

एक कानुन व्यवसायीका अनुसार फरार भनिएका व्यक्ति धेरै पटक अदालत परिसर र वरपर घुमफिर गर्दा पनि प्रहरी र अदालतले पहिचान नगर्नु आश्चर्यको विषय हो। अदालत र प्रहरीले चासो नदिएकै कारण फरार प्रतिवादी खुलेआम हिँडिरहेको उनको भनाइ छ।

अदालतले नरेशका नाममा २०७४ चैत २८ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले चैत २ गतेदेखि नै खोजी गरिरहेको थियो। त्यसयता उनी मुद्दाबारे बुझ्न धेरै पटक अदालत पुगेको पाइएको छ। उनकी पत्नी रिङ्कीदेवी साह पनि यही मुद्दामा फरार प्रतिवादी हुन्। उनी पनि दुईपटक अदालत पुगेर सहज रूपमै बाहिरिइन्। उनका हकमा पनि न्यायाधीश खनालकै इजलासले सोमबार कैद र जरिवाना फैसला गरेको छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको गतिरोध हट्यो, सरकारप्रति कांग्रेस आक्रामक
संसदको गतिरोध हट्यो, सरकारप्रति कांग्रेस आक्रामक
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

तपाईंले छुटाउनुभयो कि?