जोमसोम विमानस्थलको स्तरोन्नति शुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
जोमसोम विमानस्थलको स्तरोन्नति शुरु

सारांश

  • ठिनी, २६ वैशाख ।
  • पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ ।
  • नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग रनवेको ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।

ठिनी, २६ वैशाख । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग रनवेको ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।

आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “ग्रेड नमिलेकाले जमीन काटेर लेभल तह मिलाउन लागेका हाँै”, पौडेलले भन्नुभयो, “विमानस्थलमा ओभरले ९कालोपत्र थप० पनि हुन्छ ।”

हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । प्रत्येक चार÷चार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिक बताउँछन् । विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ ।

विमानस्थल स्तरोन्नति आयोजनाका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गत असोजमा रु नौ करोडमा ठेक्का सम्झौता भएको थियो । चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन । मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनीयर लालध्वज लामाले बताउनुभयो ।

गत असारमा १५ महीनाको आयोजना भए पनि अबको दुई महीनाभित्र सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो । विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावाहुरी चल्ने भएकाले सो समयमा जहाज आउँदैनन् ।

विमानस्थल स्तरोन्नति भएपछि जहाज अवतरणमा सहज भई दुर्घटनाको जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ । हाल धावनमार्गको कालोपत्र उप्किएको, ग्रेगर निस्किएर खाल्डाखुल्डी परेकाले विमान अवतरण गर्दा समस्या हुने गरेको छ । पोखरा–जोमसोम हवाईमार्गमा समिट र तारा एयरका जहाजले दैनिक पाँच उडान भर्दै आएका छन् । पर्यटक र तीर्थयात्री ओसार्ने हेलिकप्टरको चाप पनि बढ्दो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ
नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु
पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने ४ जना ‘डाँका’ पक्राउ
पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने ४ जना ‘डाँका’ पक्राउ
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव

तपाईंले छुटाउनुभयो कि?