झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

सारांश

  • काँकडभिट्टा (झापा), ५ असार ।
  • दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् ।
  • मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

काँकडभिट्टा (झापा), ५ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्य पदका लागि ६०३ जना, दलित महिला सदस्यका लागि ५१८ जना र खुल्ला सदस्य पदका लागि एक हजार २७६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अधिकृत पाण्डेले जानकारी गराउनुभयो ।

आइतबार भएको मनोनयन दर्तामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३७७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत इन्दिरा शर्माले बताउनुभयो ।

त्यसैगरी, भद्रपुर नगरपालिकामा २९६, दमक नगरपालिकामा २९१, अर्जुनधारा नगरपालिकामा २८८, शिवसताक्षी नगरपालिकामा २८३, बिर्तामोड नगरपालिकामा २५३, गौरादह नगरपालिकामा २२० र कन्काई नगरपालिकामा १९६ जनाले मनोनयन दर्ता गराएको नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै झापाका गाउँपालिकामध्ये सबैभन्दा बढी कमल गाउँपालिकामा १८३ जनाले मनोनयन दर्ता गराएका छन् ।

कचनकवल गाउँपालिकामा १७९, गौरीगञ्ज गाउँपालिकामा १७७, बाह्रदशी गाउँपालिकामा १७५, बुद्धशान्ति गाउँपालिकामा १६९, झापा गाउँपालिकामा १५६ र सबैभन्दा कम मनोनयन दर्ता भएको हल्दिबारी गाउँपालिकामा १२३ जनाको उम्मेदवारी दर्ता भएका छन् ।

दर्ता भएका उम्मेदवारउपर कुनै दाबी विरोध भए आज त्यसको निवेदन दिन सकिने र मङ्गलबार त्यसको छानबिन गरी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विद्युत प्राधिकरणले किन दियाे  चेतावनी ?
विद्युत प्राधिकरणले किन दियाे चेतावनी ?
एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर  तिर्यो
एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिर्यो
१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
जितपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता
जितपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने

तपाईंले छुटाउनुभयो कि?